२८ पुस, काठमाडौं । सरकारले एकै पटक २८ महासेनानीलाई सरुवा गरेको छ।  nepali-sena

मन्त्रिपरिषद्को बुधवारको बैठकले सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी कुमार लामालाई सहायक बाहिनीपति बाहिनी अडडामा, एक नम्बर बाहिनी अडडाका महासेनानी आनन्दकुमार अधिकारीलाई सैनिक इण्टिेलिजेन्स महानिर्देशनालयमा, विकास निर्माण महाशाखाका महासेनानी सञ्जय थापालाई सहशिक्षाधिकृत नेपाली सैनिक प्रतिष्ठान, सैनिक अभिलेखालयका महासेनानी मिनध्वज खडकालाई सहनिर्देशक सैनिक निर्देशनालयमा सरुवा गर्ने निर्णय गरेको हो।

त्यसैगरी नेपाली सैनिक प्रतिष्ठानका महासेनानी अरुणकुमार पाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा, सैनिक स्टाफ कलेजका महासेनानी सहदेव खड्कालाई सहायक बाहिनीपति चार नम्बर बाहिनी अडडामा, २६ नम्बर बाहिनी अड्डाका महासेनानी हिरालाल जोशीलाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ।

सँगै चार नम्बर बाहिनी अड्डाका महासेनानी राम राणालाई शिकायत जाँच निर्देशनालयमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी लवकुमार रायमाझीलाई सहायक बाहिनीपति २४ नम्बर अड्डामा, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी दीपककुमार बानियाँलाई मध्यपृतना हेडक्वाटरको पृतना सह चिफ अफ स्टाफमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी विजय थापालाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा, मानवअधिकार निर्देशनालयका महासेनानी शंकरबहादुर पण्डितलाई पूर्वी पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ।

शान्ति सेना सञ्चालन निर्देशनालयका महासेनानी सुशीलकुमार भण्डारीलाई अभिलेखपति सैनिक अभिलेखालयमा, सैनिक संगठन निर्देशनालयका महासेनानी बिष्णु राउतलाई दुई नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी सन्तोष बल्लभ पौडेललाई एक नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सुदूरपश्चिम पृतना हेडक्वाटरका महासेनानी पवनराज घिमिरेलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय, युद्धकार्य निर्देशनालयको बलाधिकृत विभागका महासेनानी चोकबहादुर ढकाललाई सैनिक इण्टेलिजेन्स महानिर्देशनालयमा सरुवा गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ।