एजेन्सी । एस.एसं राजामौलीको फिल्म ‘बाहुबली–२’ले अहिलेसम्म विश्वभरमा १५ हजार करोड बढी कमाई गरिसकेको छ । फिल्मको मुख्य भूमिकामा रहेका प्रभास र अनुष्का शेट्टीको क्यामेस्ट्रिलाई निकै मन पराइएयो ।

खबरअनुसार, प्रभासका कारण अनुष्काले आफ्नो विवाह दुई बर्ष पर सार्नु परेको थियो । प्रभास अनुष्काले फिल्म ‘बाहुबली’लाई मात्र ध्यान दिओस् भन्ने चाहान्थे । किनकि, प्रभास आँफै पनि फिल्मप्रति निक्कै गम्भिर थिए । यहाँसम्म कि प्रभासले फिल्मका लागि आफ्नो विवाह ५ बर्षसम्मका लागि पर सारेका थिए ।

हिजोआज, प्रभास र अनुष्का एक–अर्कालाई डेट गरिरहेको खबर आएको छ । यद्यपी, प्रभास वा अनुष्का कसैले पनि यो खबरलाई स्वीकारेका छैनन् । फिल्म बाहुबली आउनअघि पनि अफेयरको कुरा चलेको थियो, तर उनीहरु एक–अर्कालाई एक राम्रो मित्र भएको बताउँदै आएका छन् ।

प्रभास अनुष्कासँगको अफेयरलाई स्विकार गर्दैनन्, तर आगमी फिल्म ‘सोहो’का लागि पनि आफ्नो जोडीको रुपमा अनुष्काकै नाम सिफारिश गरेका छन् । करिब ८ बर्षपहिले तेलेगु फिल्म ‘बिल्ला’मा प्रभास र अनुष्का एकसाथ पहिलो पटक देखिएका थ्एि, त्यसपछि ‘मिर्ची’मा पनि एकसाथ देखिएका थिए ।