ज्योत‌िषशास्‍त्रमा चन्द्रमालाई ग्रहकी रानी तथा मनको प्रमुख प्रभावकोरुपमा चर्चा गरिएको छ ।

यो यस्तो शुभ ग्रह हो जो कहिले पनि उल्टो चाल चल्दैन । प्रकृतिको नियम अनुसार औंसीको रातमा चन्द्रमा देखिँदैन भने विस्तारै बढेर पूर्णीमाको रातमा पूर्ण बनेर   उदाउँछ ।

केही समय यता आकाशमा २ वटा चन्द्रमा देखिने भनेर सामाजिक सञ्जालमा भाइरल बनेको देखिन्छ । कतिपयले यसले अनिष्ट हुने समेत अफवाह फैलाएका छन् ।

blue moon

blue moon halla

यसरी चलेका छन् हल्ला 


blue moon 3
सामान्यतः औंशी र पूर्णिमाको क्रम १ महिनामा १ पटक हुन्छ अर्थात औंशी र पूर्णीमा महिनामा १-१ पटक पर्छन् । तर यो जुलाइ महिनामा भने अनौठो हुँदैछ । किन भने आकाशमा ब्लू मुन देखिँदैछ । खासमा ब्लू मुन भनेको निलो चन्द्रमा भने होइन ।

blue moon 5

खासमा के हो त २ चन्द्रमा देखिने र ब्लू मूनको हल्ला ?

अंग्रेजीमा एक भनाइ छः -‘वन्स इन ए ब्लू मून।’ कतिपय मनिसले यसलाई आकाशमा नीलो चन्द्रमा देखिने भनेर लगाउँछन् । तर त्यो वास्तविकता होइन । खासमा जव चन्द्रमा पूर्णिमा १ महिनामा दुई पटक पर्छ तव यो समयलाई ब्लू मुन भनिन्छ । यस्तो अवस्था असार १६ देखि साउन १६ अर्थात १ महिनाको अवधी अर्थात अंग्रेजी जुलाइ महिनामा हुँदैछ । जुलाई १ अर्थात असार १६ गते र ३१ जुलाई अर्थात साउन १६ गते १ महिना भित्र २ पू्र्णीमा परेका छन् ।

blue moon 1

यस्तो संयोग ३ वर्षमा १ पटक हुन्छ । यस अघि सन् २०१२ को अगष्टमा पनि यस्तो संयोग परेको थियो । पू्र्ण चन्द्रमा देखिनका लागि ३० दिनको अवधी चाहिने हुँदा सँधै यस्तो संयोग पर्दैन । अव सन् २०१८ मा मात्र यस्तो संयोग हुनेछ ।

यो महिना अधिक मास समेत परेको छ । त्यति मात्र नभएर वृहस्पति र शुक्र कर्कट राशिको निक्कै नजिक आएका छन् । शुक्रको यस्तो संयोग पनि शताब्दी पछि परेको मानिएएको छ । इसाइहरुका अनुसार जिसस क्राइष्टको जन्म हुने बेलामा मात्र यस्तो संयोग परेको थियो ।

यो पनि पढ्नुस्

मलमासमा के गर्न हुन्छ के गर्न  हुँदैन ?

सू्र्यसँगै चन्द्रमा देखियो भने यस्तो हुन्छ

के साँच्चिकै संसारको अन्त्य हुन लागेकै हो त ?