१३ मंसिर, काठमाडौं।

सरकारले आगामि २ वर्ष भित्रमा देशलाई कृषिमा आत्मनिर्भर बनाउने महाकांक्षी प्रतिवद्धता गरेको छ । कृषि  विकास मन्त्री हरिबोल गजुरेलले आज मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन गरी कृषि क्षेत्रमा युवा जनशक्तिको विदेश पलायन रोक्दै ब्यवसायीक कृषि प्रवद्र्धन गरी देशलाई आत्मनिर्भर बनाउने र कृषि उपज विदेश निर्यातको लागि आधार तय गर्ने प्रतिवद्धता जनाएका हुन।

जसका लागि एक हजारदेखि १५ सय सम्म विशिष्ट बालीको पकेट क्षेत्र तथा एक इलाका एका उप्दानको अवधारण अगाडि सारिएको छ । शुरुमा कम्तिमा ५ सय वटा बृृहत कृषि उत्पादन केन्द्र, ब्लक उत्पादन केन्द्र वा नमुना फार्मको निमार्ण गरिने मन्त्री गजुरेलले जानकारी दिए ।

यसका लागि आगामि आर्थिक वर्ष २०७३, ०७४ बाट ठोस काम गर्न बजेट सहित आउने उनको दावि छ । कृषि मन्त्री गजुरेलले आफुहले कृषि क्षेत्रका विकासका लागि गर्ने कामका २७ बुँदे प्रतिवद्धता पत्र सार्वजानिक गर्दै तत्काल किसान आयोग गठन गर्ने, खाद्यन्नको न्युनतम समर्थन मुल्य तोक्ने, देशका सबै कृषकलाई सेवा पुगने गरी सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गर्ने र एक गाउँपालिकामा कम्तिमा १ जना कृषि अथवा पशु प्राविधिकको ब्यवस्था गर्ने बताएका छन् ।

त्यस्तै सरकारले कृषिमा दिदै आएको अनुदानलाई ब्यवस्थित र वास्तविक किसानको पहुँचमा पुर्याउन कृषक तथा कृषि मजदुरको वर्गिकरण गरी परिचयपत्र वितरण गर्ने, किसानका गुनासा सुन्न तथा खेति प्रविधीको बारेमा जानकारी दिन हेलो कृषि कार्यक्रम सन्चालन गरिने मन्त्री गजुरेलले जानकारी दिए ।

वैदेशिक साहयताबाट सन्चालित कृषि परियोजनाहरु एकद्धार प्रणालीमा ल्याउने, दुग्धजन्य उत्पादनको लागि उद्योग सन्चालनमा जोड दिदै मिल्क होलिडेको अन्त्य गर्ने मन्त्री गजुरेलले बताएका छन्।