विकाश श्रेष्ठ ।
४ भदौ,सोल ।

नेपाली मजदुरको कोटा वृद्धि र निशुल्क हवाई टिकटको प्रस्ताव लिएर श्रम सम्झौता नविकरण गर्न नेपाल सरकारका श्रम राज्य मन्त्री टेक बहादुर गुरुङ यहि छब्बिस तारिख कोरिया आउने भएका छन् ।

राज्य मन्त्री गुरुङ नेतृत्वको टोलीमा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव श्री सूर्य प्रसाद श्रेष्ठ, बैदेशिक रोजगार विभागका महानिर्देशक श्री भरत राज सुवेदी, ईपिएस कार्यालयका निर्देशक श्री डिल्लीराज बस्तोला लगायतका अधिकारी रहेका छन् ।

Tek bahadur gurung (1)

कोरिया भ्रमणका क्रममा राज्य मन्त्री गुरुङले नेपाली कामदारको कोटा, नेपालबाट आउदाँ लाग्ने हवाई टिकट यहाँका रोजगारदातालाई भराउनुपर्ने आग्रह कोरिया सरकारसँग गर्ने तयारीमा रहेका छन् ।

मलेशिया लगायत सात वटा खाडि मुलुकमा फ्रि भिषा र फ्रि टिकट लागू गर्न सफल राज्य मन्त्री गुरुङ समक्ष यहाँका नेपाली कामदारले कार्यवधी सकेपछि एकमुष्ट पाउने पेन्सन जस्तै कुकमिन कार्यन्वनको अपेक्षा गरेका छन् । कोरियामा काम गरिरहेका श्रीलंका लगायतका अन्य राष्ट्रहरुले कुकमिन लागू गरेपनि नेपाल सरकारले लागू नगर्दा त्यसबाट नेपाली कामदार बन्चित हुदै आएका छन् ।

यसैबीच कोरियास्थित नेपाली दुतावासले राज्य मन्त्री गुरुङ नेतृत्वको टोलीको उपस्थितिमा नेपाली समूदायसँग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अगष्ट उन्तीस तारिखका दिन हुने उक्त अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन दुतावासले एनआरएन, एन.सि.सि., विभिन्न् संघ संस्था, नेपाली कामदार, बिद्यार्थी, पत्रकार, महिला दिदी बहिनी, व्यवसायी, राजनैतिक दल तथा विभिन्न् क्षेत्रिय, जातिय तथा जिल्ला समिति लगायत ईच्छुक सबैलाई अनुरोध गरेको छ ।