५ जेठ, काठमाडौं ।

स्थानीय तह पहिलो चरणको निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय २८ तहको मतगणना सकिएको छ । जसमा नेकपा एमाले ९३, नेपाली काँग्रेस ८६, नेकपा माओवादी केन्द्र ४३ र अन्य दल तथा स्वतन्त्र उमेद्बार ६ ठाउँमा बिजयी भएका छन् ।

मतगणना जारी रहेका स्थानमा नेकपा एमाले २६, काँग्रेस २१, माओवादी केन्द्र ६ र अन्य दलका उमेद्बार ३ स्थानमा अगाडि छन् ।