१२ फागुन, एजेन्सी।

नायिका तथा गायिका पेरिस हिल्टनले आइतबार हलिउड ब्युटी अवार्डसमा भाग लिन पुग्दा असजिलो अवस्थाको सामना गर्नुपर्यो। ३६ वर्षिया हिल्टन २७० हजार डलर (२.८ करोड रुपैयाँ बराबर) को सिल्भर गाउन लगाएर कार्यक्रममा पुग्दा आकर्षणको केन्द्र त बनिन नै मिडियाको अगाडी आउँदा गाउन मिलाउन मै उनी व्यस्त देखिइन। हलिउड र बलिउडमा बढेको ‘एक्पोज’ गर्ने संस्कृति फलो गर्दा पेरिसलाई तनाव झेल्नु परेको हो।


स्वारोभस्की क्रिस्टल जडित यो गाउन डिजाइन गर्न छ महिना र क्रिस्टल फिट गराउन पाँच जना मानिसलाई दुई महिना लागको थियो। यसमा करिब ५ लाख स्वारोभस्की क्रिस्टल लगाइएको छ।