२२ असार, काठमाडौं । दोस्रो चरणमा स्थानीय चुनाव भएको ३ सय ३४ मध्ये अहिलेसम्म ३ सय २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

अग्रस्थानमा रहेको नेकपा एमालेले १ सय ४३ स्थान जितेको छ । १ सय १७ स्थान जितेर काँग्रेस दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३८ स्थानमा सिमित भएको छ । संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, स्वतन्त्र उमेद्बार २२ स्थानमा बिजयी भएका छन् ।

मतगणना चलिरहेका १४ स्थानीय तहमध्ये नेकपा एमाले ७, नेपाली काँग्रेस ६ र अन्य दलका उमेद्बार १ स्थानमा अगाडि देखिएका छन् ।