१६ असोज, एजेन्सी।
बलिउडमा नायक ऋतिक रोशन र नायिका कंगना रनवाट बीचको विवाद अझै थामिएको छैन।kangana-ranaut-909736

केही दिन अघि ऋतिकका बाबु तथा फिल्म निर्माता राकेश रोशनले दिएको एक अन्तर्वार्ता पछि झन् कंगना र ऋतिक बिच विवादको अर्को बिउ उम्रेको छ।

राकेक रोशनले भनेका थिए, ‘यदि ऋतिकले साँचो बोले सबै चकित पर्नेछन्। जब कोही उसको बारेमा झुटो कुरा फैलाउँदै थियो, तब ऋतिकले शान्त बस्न चाह्यो। यदि उसले साँचो बोलेको भए सबै चकित पर्ने थिए।’Hrithik Roshan

राकेशले कंगनाको भलै नाम लिएनन् तर उनको यो बयान कंगानले ऋतिकको बारेमा बोलेका कुरा प्रति तेर्सिएको थियो।

अब कंगनाले राकेश रोशनको नाम नलिइ भनिन, ‘उनी ४३ वर्षका छोरा हुन, वयस्क हुन र उनी आफ्नो विवादलाई राम्रो तरिकाले आफै ह्याण्डल गर्न सक्छन्, तर किन सधै पिता उनको बचाउमा आउनु पर्छ र कहिले सम्म आउँछन्?’

कंगनाले भनिन, ‘त्यो निकै साधारण विवाद थियो। मैले बुझ्न सकेको छैन कि किन आफ्नो छोरा बचाउन पिता सधै अगाडी आउने गर्छन्?’

वास्तवमा कंगना र ऋतिकको विवाद त्यो समयमै सुरु भएको थियो जब कंगनाले एक अन्तर्वार्तामा ऋतिकलाई ‘सिल्ली एक्स’ भनेकी थिइन।

पछि ऋतिकले यसको जवाफ दिदै ट्वीट गरेका थिए, ‘एक पोपसंग सम्बन्ध सम्भव छ, तर त्यो वन्डरफुल महिला (कंगना) संग त विल्कुलै छैन।’

ऋतिकको यो ट्वीट पश्चात विवाद बढेर कानुनी झगडामा बदलिएको थियो।

यो पनि पढ्नुस्।

ऋतिकलाई कङ्गनाले पठाएका गोप्य मेल सार्वजनिक

ऋतिक रोशनलाई पक्राउ गर्न कंगनाको माग