एजेन्सी । बलिउड फिल्म निर्माता करण जोहरको जीवनमा आधारित किताब ‘एन अनसुटेबल ब्वोइ’ सोमबार सार्वजजिक गरिएको छ । बलिउडका थुप्रै अभिनेता–अभिनेत्रीको सभागिता रहेको एक समारोहबीच किताब सार्वजनिक गरिएको थियो ।

karan_johar-the_unsuitable_boy_2_1484

करणले आफ्नो किताबमा धेरै रहस्यहरु खोलेका छन् । उनले आफ्नो सेक्सुअल ओरियन्टेशनदेखि लिएर धेरै कुराहरु खुलाएका छन् । किताब सार्वजनिक समारोहमा बोल्दै करणले आफू ४४ बर्षको उमेरमा बुबा बन्न चाहेको बताएका छन् ।

त्यसो त करण अहिले अविवाहित छन् र उनी विवाह गरे वा नगरे पनि सँधै उनि एउटा बच्चा अपनाउन चाहान्छन् । किनकि, उनमा आमामा हुने सबै गुण रहेको पनि उनले बताए । उनलाई लाग्छ कि उनी एउटा बच्चाको आमाको भूमिका राम्ररी निभाउन सक्छन् । यद्यपी, उनी बच्चा नै एडप्ट गर्छन् या सेरोगेसीको साहारा लिन्छन् ? यसबारे केही निर्णय लिन भने सकेका छैनन् ।