२६ साउन, काठमाडौं ।

प्रमुख ४ दलका शीर्ष नेताले देश र जनताका नाममा संयुक्त अपिल गर्दै संयम रहन र आफ्ना मागलाई शान्तिपूर्णरुपमा राख्न आग्रह गरेका छन् । नेताहरुले समस्याको शान्तिपूर्ण समाधान र जनताको भावना अनुरुप उचित समाधान खोज्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

संघीयताको सीमाङ्कनमा भएको सहमति पछि देशका विभिन्न भागमा भएका विरोध प्रदर्शन हिंसात्मक बनेर नियन्त्रण बाहिर जाने खतरा भएपछि नेताहरुले यस्तो अपिल गरेका हुन् ।

leaders about federal structure

मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर चार शीर्ष नेताले ” सम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकी उपयुक्त सुझावद्वारा सहयोग पुर्याई समस्याको समाधानको प्रतीक्षा गर्न” हार्दिक अपील गरेका हुन् ।

सीमांकनको विषयलाई लिएर धेरै मानिसहरु आन्दोलित हुनथालेपछि शीर्ष नेताहरुले संयमित रहन सार्वजनिक अपील गरेका हुन् ।

शीर्ष नेताहरु सम्मिलित बिशेष समितिको बैठकपछि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले यस्तो विज्ञप्ति निकालेका हुन् ।

संघीयताको विभाजनपछि देशका विभिन्न भागमा विरोध भैरहेको छ ।

हिँजो मात्र सुर्खेतमा भएको विरोधमा २ जनाको ज्यान गएको थियो ।