८ असार, नेपालगन्ज ।
डा. धवलशमशेर राणाको लागि यो पाँचौं निर्वाचन हो। संयोग, उनी हरेक चुनावमा फरकफरक पार्टीबाट उम्मेदवार बने। २०५१ को संसदीय निर्वाचनमा मरिचमान सिंह नेतृत्वको सेभ द नेसन पार्टीबाट चुनाव लडेका उनी त्यसलगत्तै एमाले प्रवेश गरे।

२०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट नेपालगन्ज नगरपालिकाको मेयर निर्वाचित भए। एमालेमा उनको बसाइ लामो भएन। एक दशकमै राप्रपामा प्रवेश गरे। २०६४ को संविधानसभा निर्वाचनमा राप्रपाका तर्फबाट सभासद् उम्मेदवार बने। राप्रपा विभाजनपछि राप्रपा नेपाल प्रवेश गरेका उनी २०७० को निर्वाचनमा राप्रपा नेपालको तर्फबाट सभासद् उम्मेदवार बने। अहिले फेरि राप्रपाको तर्फबाट मेयर बने।

‘नेपालगन्जका जनताले पार्टीसँगै व्यक्तिको अनुहार पनि हेर्छन्,’ राप्रपा जिल्ला प्रवक्ता श्रीधर सुवेदी भन्छन्, ‘त्यही भएर उहाँ जनतामात्र होइन, राजनीतिक दलका लागि पनि सधैं पहिलो रोजाइँमा पर्नुभयो।’ आजको नागरिकमा खबर छ ।