१३ असोज, काठमाडौ् ।

स्वास्थ्यमन्त्री गगन थापाले ५१ किलोको माला लगाएको तस्विर सामाजिक सञ्जालमा ब्यापक आलोचनाको विषय बनेपछि यसबारेमा स्पष्टिकरण दिएका छन् ।

गगन थापा राति २ बजे अस्पताल पुगे

स्वास्थ्यमन्त्री गगनले फेसबुकमा स्पष्टिकरण दिँदै आफूलाई पनि यस्तो प्रवृत्ति मन नपरेको र आगामी दिनमा यस्ता काम नगर्न सुझाव दिएको बताएका छन् ।

gagan thapa mala

बाँकेको कोहलपुरमा स्थापना भएको स्वास्थ्य केन्द्रको उद्घाटन गर्न बुधबार त्यहाँ पुगेका स्वास्थ्य मन्त्री गगन थापालाई पार्टी कार्यकर्ताले ५१ किलोको फूलको माला लगाएर स्वागत गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । काम नै नगरी माला लगाएको भन्दै गगनको ब्यापक आलोचना भएपछि गगनले फेसबुकबाट स्पष्टिकरण दिएका हुन् ।

गोताखोरले भेटाए त्रिशुलीमा डुबेको गाडी

गगनले लेखेका छन्, “मलाई कोहलपुरमा ठूलो माला पहिर्‍याइयो । मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ मञ्चमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मञ्चमा बोलाएर मलाई यस्तो कुरा मन नपरेको र यस्तो नदोहोर्‍याउन आग्रह गरेँ । के गर्ने नगर्ने सबै मलाई थाहा छ, मालाको विषयमा चिन्ता गर्ने सबैलाई धन्यवाद ।”


बुधबार बाँके पुगेका गगन थापालाई नेपाली कांग्रेस कोहलपुर नगर इकाई समितिका सभापति बलराम शर्माले ५१ किलोको फूलको माला लगाएर स्वागत गरेका थिए ।

गगनले फेसबुकबाटै आग्रह गर्दै लेखेका छन्, “मेरालागि पार्टीको तथा अन्य कुनै पनि किसिमको कार्यक्रमहरुमा माला, खादा लगाइदिने, पत्रपत्रिकामा बधाई छपाउने जस्ता कार्यहरु नगरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु | तपाईहरुको साथ र स्नेह प्रति म सदैव आभारी छु |

यसैबीच गगन थापा अस्वस्थ भएका छन् । थापा पेटमा असहज दुखाइ महसुस भएपछि उपचारका लागि अस्पताल पुगेर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहेअघिको सम्वन्धले बढायो ७२ घण्टे चक्कीको प्रयोग

नेपालगञ्जबाट फर्केपछि गगन पेटमा असजिलो भएपछि राति २ बजे अस्पताल पुगेका थिए। अहिले उनी चिकित्सकको सल्लाह अनुसार घरमा आराम गरिरहेको उनको सचिवाले जनाएको छ ।