७ कात्तिक, एजेन्सी । इजरायली प्रहरीले पूर्वी जेरुसेलममा  छापा मारी प्यालेस्टिनी स्वतन्त्रताका लागि हिंसात्मक विरोधका आन्दोलन चलाएको आरोपमा ५१ जनालाई पक्राउ गरेको इजरायली अधिकारीले जनाएका छन् ।

पूर्वी जेरुसेलमको इशावियाबाट प्यालेष्टिनी आन्दोलनकारी भएको अनुमानमा उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको इजरायली प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूले इजरायली प्रहरीमाथि विष्फोटक पदाथ, ढुङ्गा तथा इट्टा प्रहरीमाथि प्रहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

प्यालेष्टिनी युवाहरूले पूर्वी जेरुसेलमका केही भागमा इजरायली सुरक्षाकर्मीसँग लगातार हिंसात्मक गतिविधि गराइरहेको इजरायलले आरोप लगाएको छ ।