हेटौंडा, ३१ जेठ । मकवानपुर प्रहरीले ५४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

ट्रकमा फल्स बटम बनाएर ल्याएको गाँजा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट प्रहरीले बरामद गरेको हो ।मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले गाँजा बरामद गरेको बताए ।

वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ५३४० नम्बरको ट्रकमा गाँजासहित पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका २ का २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय संजय महतो रहेका छन् ।