६ असोज, काठमाडौं ।
तेस्रो चरणको निर्वाचन अन्तर्गत १३६ स्थानीय तह मध्ये ५६ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । कांग्रेसले २१ स्थानीय तहमा जित हात पारेको छ भने माओवादी केन्द्र १० स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ९ स्थान। संघिय समाजवादी फोरमले ८ स्थानीय तहमा, नेकपा एमालेले ५ तहमा, लोकतान्त्रिक फोरमले २ स्थानमा र जनता दलले १ स्थानीय तहमा जित हाँसिल गरेका छन ।

त्यसैगरी, नेपाली कांग्रेस २८ स्थानमा अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ८, संघिय समाजवादी फोरम १९, नेकपा एमाले १६, राजपा ७ र लोकतान्त्रिक १ स्थानमा अग्रस्थानमा देखिएका छन ।