महर्षी वेदव्यासद्वारा रचित महाभारत ग्रन्थमा कैयौँ प्रमुख पात्रहरू छन्, जसमध्ये भिष्मपितामह पनि एक हुन्। धर्मग्रन्थका अनुसार माघ १९ लाई भिष्मपितामहको जयन्ती मानिन्छ। यसै अवसरमा आज हामी तपाईँहरूलाई भिष्मपितामहको बारेमा केहि तथ्यहरू बताउन गैरहेका छौँ, जुन सायद धेरैलाई थाहा छैन होला।

१. उत्तरायणको बेला भिष्मले आफ्नो प्राण त्याग गरे

जब अर्जुनले भिष्मपितामहलाई वाणको वर्षात गरेर घायल बनाए, त्यतिबेला सूर्य दक्षिणायनतर्फ थियो। त्यसैले गर्दा नै भिष्मले प्राण त्याग गरेका थिएनन्। ५८ दिनसम्म उनले वाणको बिस्तारामा बिताउनुपरेको थियो। त्यसपछि सूर्य उत्तरायणतर्फ हुनेबित्तीकै उनले योगद्वारा आफ्नो प्राण त्याग गरेका थिए।Bhishmapitamaha (3)

२. भिष्मको प्राण यसरी गएको थियो

भिष्मपितामहले योगमार्फत आफ्नो प्राणलाई त्यागेका थिए। जुन अङ्गबाट प्राण निस्किन्थ्यो, त्यस अङ्गबाट स्वतः वाण निस्किन्थ्यो र उनको घाउ निको हुन्थ्यो। अन्त्यमा, उनको मस्तिष्कबाट प्राण निस्किएर आकाशतर्फ उम्कियो र उनको प्राण गएको थियो।Bhishmapitamaha (2)

३. पूर्वजन्ममा भिष्म एक वासु थिए

भिष्मपितामह पूर्वजन्ममा एक वासु (देवताको रूप) थिए। उनले पूर्वजन्ममा आफ्नो शक्तिको प्रयोग गरेर वसिष्ठको गाईलाई हरण गरेका थिए, जसको कारण क्रोधित ऋषीले उनलाई मनुष्यको रूपमा जन्म लिएर आजीवन ब्रह्मचारी हुने श्राप दिएका थिए।

४. परशुराम र भिष्मपितामह

भिष्मपितामह राजा शान्तनु र रानी गङ्गाका आठौँ सन्तान थिए। बालककालमा उनको नाम ‘देवव्रत’ थियो। साथै उनले परशुरामबाट शस्त्रअस्त्र विध्या सिकेका थिए। एक दिन देवव्रतले गङ्गा नदीलाई वाण हानेर रोकिदिएका थिए। उनको यस्तो योग्यता देखेर शान्तनुले उनलाई युवराज बनाइदिएका थिए।Parshuram

५. यसरी उनी ‘भिष्म’ भए

देवव्रतले आफ्ना पिताको इच्छा पुरा गर्नका लागि आजीवन ब्रह्मचारी हुने र हस्तिनापूर राज्यको सेवा गर्ने वाचा गरेका थिए। यस्तो भीषण प्रतिज्ञा लिएकै कारण उनको नाम ‘भिष्म’ हुन पुगेको थियो। त्यसपछि शान्तनुले प्रशन्न हुँदै उनलाई ‘इच्छामृत्यु’को वरदान दिएका थिए।Bhishmapitamaha (5)

६. युधिष्ठिरलाई भिष्मको आशिर्वाद

कुरुक्षेत्रको युद्ध सुरु हुनुभन्दा पहिले युधिष्ठिरले भिष्मपितामहसँग युद्ध गर्नको लागि आज्ञा लिन आएका थिए। उनको यो हौसला देखेर भिष्मले प्रशन्न हुँदै युधिष्ठिरलाई युद्धमा विजयी हुने आशिर्वाद दिएका थिए। साथै, भिष्मले आफ्नो मृत्युको रहस्य पनि पाण्डवहरूलाई बताएका थिए।

७. आफ्नै गुरुसँग पनि युद्ध गरेका थिए

भिष्मले आफ्नै गुरु परशुरामसँग युद्ध गरेका थिए। यो युद्ध २३ दिनसम्म चलेको थियो। अन्त्यमा, आफ्ना पितृको कुरा मानेर परशुरामले आफ्नो अस्त्रलाई विश्राम गरेका थिए। यसरी सो युद्धमा न कसैको हार भयो न कसैको जित!Bhishmapitamaha (7)

८. १० दिनसम्म सेनापति

महाभारतको युद्धमा भिष्मपितामह कौरव सेनाहरूका पहिलो सेनापति बनेका थिए। १८ दिनसम्म चलेको यो युद्धमा भिष्मपितामह १० दिनसम्म कौरव सेनाका सेनापति बनेका थिए। १० दिनमा उनले पाण्डवका सेनाहरूको भयङ्कर विनाश गरेका थिए।

९. श्रीकृष्णलाई क्रोधित बनाएका थिए

महाभारतको युद्ध अगावै, कृष्णले कुनै पनि हतियार नउठाउने वाचा गरेका थिए। साथै, भिष्मपितामहले पनि युद्धमा सहभागी भएर अर्जुनको वध गर्ने र कृष्णलाई वाचा तोड्न बाध्य बनाउने वाचा दुर्योधनसँग गरेका थिए। अर्जुन र भिष्मपितामहको घमासान युद्ध भयो। हुन त अर्जुन पनि महावीर योद्धा थिए, तैपनि भिष्मपितामहको अगाडि उनको कुनै सीप लागेन। भिष्मपितामहले हानेको वाणले अर्जुनको कवच तोडेर धनुष पनि भाँचिदियो। भिष्मको क्रोधको अगाडि अर्जुन साहाराविहीन भैसकेका थिए।mahabharat war

त्यसपछि, जब भिष्मले अर्जुनलाई वध गर्नको लागि वाण उठाए, श्रीकृष्णले सहन नसकी आफ्नो रथबाट उत्रिई रथको पाङ्ग्रा उठाएर भिष्मलाई मार्ने ध्येयले प्रहार गर्न लागे। यो देखि अर्जुनले कृष्णलाई सम्हाल्न प्रयास गरे, तर कृष्णले आफ्नो चेलाको सुरक्षाको लागि जस्तोसुकै वाचा पनि तोड्ने कुरा गरेपछि अर्जुन स्तब्ध भएका थिए।

१०. एक रातको लागि पुनर्जीवित भएका थिए
जब धृतराष्ट्र, गान्धारी र कुन्ती वानप्रस्थ आश्रममा थिए, तब पाण्डव उनीहरूसँग भेट्न त्यहाँ पुगे। त्यहाँ महर्षी वेदव्यास पनि आएका थिए। महर्षीले आफ्नो तपस्याको शक्तिले एक रातको लागि भिष्म र युद्धमा मारिएका सबै योद्धाहरूलाई जीवित गराएका थिए।Bhishmapitamaha (8)यो पनि हेर्नुहोस्-
महाभारतका दंग पार्ने तस्बिर
भगवान इन्द्र हारेको दिन
द्रौपदीका लागि पाण्डवको अनौठो नियम
कुशसंग जोडिएका कथा
बेद र धर्म ग्रन्थमा यौन सम्बन्धबारे के भनिएको छ ?