तपाईँको बानीले तपाईँको स्वभाव झल्काउँदछ, तपाई को हो अनि तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरा तपाईँको व्यवहारले देखाउँदछ।

विन्स्टन चर्चिल (संयुक्त राज्यका प्रधानमन्त्री- १९४०) ले यसो भनेका थिए, “सफलता कहिल्यै पनि अन्त्य हुँदैन, असफलता कहिल्यै पनि घातक हुँदैन- हिम्मत हार्नु नै असफलता हो।” तपाईँ असफल हुनुभयो तैपनि हार खानुभएको छैन भने सोच्नुहोस् कि तपाईँ बलियो हुनुहुन्छ।

केहि गर्न असफल हुनुभयो? अनि हरेस खाँदै हुनुहुन्छ? त्यसो नगर्नुहोस्। प्रयास गर्दै जानुहोस्, किन तपाईँ असफल हुनुभयो बुझ्ने कोशिस गर्नुहोस् र कारणको जरो पत्ता लगाउनुहोस्। तर, कोहि-कोहि यस्ता पनि हुन्छन्, जो सानो असफलताबाटै पराजित हुन्छन् र अगाडि बढ्ने हिम्मत गुमाउँछन्।Lazy

असफलतादेखि सबै डराउँछन्, डराउनैपर्छ, डर नै तपाईँको साथी हो, सफलतातर्फ लम्किनको लागि!

असफलता निश्चिच गर्ने बानी:

१. योजना नबनाउने

कुनै पनि काम गर्नुभन्दा अगाडि त्यसको योजना बनाउनुहोस्। योजना बनाउँदा सबै चिरिच्याँट्ट मिलेको हुनुपर्छ भन्ने छैन, त्यसमा तपाईँले आउने दिनहरूमा के-के गर्ने, कसरी गर्ने अनि समयअनुसार गर्नुपर्ने कामको चरण अनि मूख्य उदेश्यको सूची बनाउनुहोस्।Failing to Plan

तपाईँको योजना वस्तुगतः हुनुपर्छ, मापन गर्नसक्ने अनि समयमा सिमित भएको हुनुपर्छ। एकैचोटी जटिल योजना नबनाउनुहोस्। आफूले गर्न सक्ने र नसक्ने कामको पनि सूची बनाउनुहोस्।

२. प्रयास गर्न डराउने

बोलेर समय खेर फाल्नुभन्दा केहि गरेर समयको सदुपयोग गर्नु उचित हुन्छ। कहिँ पुग्नको लागि पहिलो पाइला तपाईँले नै चाल्नुपर्ने हुन्छ। त्यसैले पहिलो पाइला चाल्न नडराउनुहोस्। डरलाई जित्ने प्रयत्न गर्नुहोस्।Fear to Try

गल्ती भयो भनेर पनि कतिपय मानिसहरू दुःखी हुने गर्छन्, उनीहरूले यो सोँच्दैनन् कि गल्तीबाट पनि पाठ सिक्न सकिन्छ। मानिसको जीवन लामो छ, गर्नुपर्ने थुप्रै कामहरू छन्, एउटा सानो गल्तीबाट हैरान हुँदा तपाईँको अमूल्य समयको त नाश हुन्छ हुन्छ, सँगसँगै अगाडि बढ्ने हिम्मत पनि कमजोर हुँदै जान्छ। त्यसैले पाइला चाल्न नडराउनुहोस्।

३. चाँडै नै हरेस खाने

“चरेस खानुहोस्, तर हरेस नखानुहोस्” भन्ने नेपाली उखानले धेरै महत्व बोकेको छ। यसको मतलब चरेस खानुहोस् भन्न खोजेको होइन, बरु हरेस चाहिँ नखानुहोस् भन्न खोजेको हो। हार मान्नु नै सबैभन्दा ठूलो हार हुन जान्छ।Giving up too soon

आफ्नो उदेश्य पाउनको लागि तपाईँ कत्तिको दृढ हुनुहुन्छ? सानो-सानो कुरामा पनि शङ्का गर्नुहुन्छ? यो असाध्यै नराम्रो बानी हो। आफ्नो दोधारेपन र आशङ्का गर्ने बानीबाट छुट्कारा पाउने कोशिस गर्नुहोस्।

४. आत्मविश्वास नगर्ने

तपाईँ आफैले गरिरहेको काममा विश्वास गर्नुभएन भने, तपाईँले पक्कै पनि हार खानुहुन्छ। आफ्नो उदेश्यमा पुग्छु भन्ने कुरामा नै विश्वास गर्न सक्नुहुन्न भने, तपाईँको मेहिनेत त्यत्तिकै खेर जानेछ, ठ्याक्कै बालुवामा पानी खन्याएजस्तै हुनेछ। के यो सही हो?Disbelief

दिमागले पनि बेलाबेला अचम्मको खेल खेल्छ, तर त्यो दिमाग तपाईँको हो, आफ्नो दिमागलाई आफ्नो अधीनमा राख्ने कोशिस गर्नुहोस्। आफूले गर्न लागेको कामबाट सफल नहुञ्जेलसम्म दिमागलाई अन्त नमोड्नुहोस्, विश्वास गर्नुहोस्, सफल अवस्य भइन्छ।

५. नचाहिने बहाना बनाउने

बहाना त अल्छीहरूले बनाउँछन्, फटाहाले बनाउँछन्। के तपाईँ अल्छी अनि फटाहा हुनुहुन्छ? हुनुहुन्न भने आजै देखि बहाना बनाउने बानीलाई छोडिदिनुस्।Making excuses

कुनै काम गर्न सक्नुहुन्न भने पनि एकचोटि प्रयास त गर्नुहोस्, प्रयास नै नगरी कसरी थाहा हुन्छ कि गर्न सकिन्छ कि सकिँदैन भनेर? बहाना बनाउन थाल्नुभयो भने, तपाईँको सुवर्ण मौका गुम्दछ, अरूले तपाईँलाई नालायक ठान्दछ, अनि पछि आफूले आफैलाई धिक्कार्नुहुनेछ। बहानाले तपाईँको इच्छाशक्ति अनि आत्मबललाई कमजोर बनाउँदै लैजान्छ।

मानिसहरू अज्ञात नतिजाबाट बच्नको लागि बहाना बनाउने गर्छन्। परिवर्तनको डरले, अस्वीकारको डरले अनि लाजले गर्दा विभिन्न किसिमका बहाना बनाउने गर्छन्। डरले तपाईँलाई जहाँ हुनुहुन्छ, त्यहीँ मात्रै सीमित बनाएर राख्दछ, कुनै नौलो अनि नयाँ अनुभवबाट बञ्चित बनाउँदछ।

अर्को चोटि तपाईँले केहि नौलो काम गर्ने मौका पाउनुभयो भने, नडराउनुहोस्, आफ्नो डरप्रति विजयी हुनुहोस्। त्यसलाई एक सुनौलो चुनौतीको रूपमा हेर्नुहोस्, सफल भएपनि नभएपनि नतिजालाई मतलब नगर्नुहोस्, पहिलो पाइला चाल्नुहोस् बाँकी बाटो आफै देख्नुहुनेछ।

यो पनि हेर्नुहोस्-
तपाईँको जीवनको पूर्व प्रेमलाई कसरी बिर्सने?
विश्व चर्चित यी १० नेता, यस्तो थिए युवावस्थामा, विरलै भेटिने तस्बिर
दिमागमा राख्नुस् यी १२ कुराः कहिल्यै अशान्ती हुँदैन
खुट्टा किन गन्हाउँछ र खुट्टाको दुर्गन्ध कसरी हटाउने?
यी ४ काम गर्नुस् भविष्यमा सँधै फाइदा हुन्छ