घरमा हैरान गर्ने मुसा होस् वा जुत्ता गन्हाउने समस्या होस्, सबैको उपाय घरमै हुन्छ । बजारमा सजिलै पाइने १० रुपैँयाको पुदिना वा यसको फूलले मुसालाई भगाउन सकिन्छ । कसरी भगाउने मुसा ?

– पुदिनाको फूल वा पुदिनालाई मिचेर मुसा हिड्ने बाटोमा राखिदिनुहोस् । मुसा आउनै छाड्छ ।

अन्य घरेलु टिप्स

– यदि तपाई कागतीलाई ताजा राख्न चाहानुहुन्छ भने त्यसलाई तिलको तेल लगाउनुहोस् । यसो गर्नाले कागती कुनै पनि प्रकारबाट कुहिन पाउँदैन । लामो समयसम्म ताजा रहन्छ ।

– सुन्तलाको बोक्रालाई बेलुका जुत्तामा राखेर सुत्नुहोस्, बिहानसम्ममा जुत्ताको गन्ध भाग्छ ।

– तपाईको खुट्टा गन्हाउँछ भने चियापत्तीलाई पानीमा उमाल्नुहोस्, र मनतातो भएपछि त्यसमा खुट्टा डुबाउँनुहोस् केही बेर । हप्तामा एक पटक यसो गर्नुहोस् । चियापत्तीमा हुने ट्यानिक एसिडले पसिना रोक्ने र ब्याक्टेरियालाई मार्ने काम गर्छ ।