६ असोज, काठमाडौं । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट आज साँझ ६:०० बजे प्राप्त विवरणअनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस २४, नेकपा (माओवादी केन्द्र्र र संघीय समाजवादी फोरम नेपाल १३–१३, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन ।

यसैगरी अहिलेसम्म ९०७ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना बाँकी रहेका ६७ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना  जारी छ ।