विश्वलाई चकित पार्दै दुबईले प्रविधि र विकासलाई सँगसँगै लगिरहेको छ । दुबई सरकारको घोषण र विगत दुई बर्ष यताको विकासले दुबईलाई भबिष्यमा उत्कृष्ट शहरको रुपमा प्रमाणित गर्ने प्रयास गरिरहेको बुझ्न सकिन्छ । यी ६ चकित पार्ने दुबइको विकास यसैका प्रमाण हुन्:

१. आफ्नै ड्रोन ट्याक्सी भएको शहर

हालै दुबईमा ‘ड्रोन ट्याक्सी’ अर्थात् उड्ने कार लञ्च भयो, जसको अन्तराष्ट्रिय चर्चा पाइरहेको छ । यो सवारी निश्चित तथा छोटो दुरीको यात्रीलाई निक्कै सुविधा दिने गरि तयार पारिएको छ । यो प्रविधिको विकाससँगै दुबई सबैभन्दा उन्नत सार्वजनिक सवारी साधन भएको देश भएको छ ।

२. बसोबासका लागि मंगल ग्रहमा खोज

विश्वको ९ देशमध्ये दुबई पनि एक हो, जसले अन्तरिक्ष विज्ञानमा योगदान पुर्याईरहेको छ । दुबई सरकारको ‘मार्स२११७’ परियोजनाको उद्देश्य ‘अर्को दशकसम्ममा मानवलाई मंगल ग्रहमा पुग्ने सुविधा दिने’ रहेको छ । दुबई पनि मंगलमा बस्ती बसाउन मानव पठाउन मिल्ने प्रविधिको विकासमा लागिपरेको छ।

३. सडक विभागले २०० विद्युतिय कार किन्यो

दुबईको सडक तथा सवारी विभागले ‘टेस्ला’को २०० विद्युतिय कार खरिद गरेको छ । प्रसस्त तेल र ग्यासको खपत बचाउने र कुनै वायुमण्डलीय प्रदुषण नगर्ने यो कारले सहर सफा राख्ने दुबइको योजनामा साथ दिनेछ।

४. ‘हाईपरलुप’ यातायात प्रविधि

 ‘हाईपरलुप’ नामक यातायात प्रविधिको विकास भइरहेको छ । यस प्रविधिमा यात्रीहरुले हवाई यात्रा सरह छिटो यात्रा गर्न सक्नेछन् । दुबई सरकारले ३ महिनाअघि मात्रै ‘हाईपरलुप’ यातायात विकास गर्न  कामदारहरु कडा रुपले लागिपरहेको बताएको थियो । यसले १५० किलोमिटर टाढाको दुबईदेखि आवुदाबीसम्मको यात्रा जम्मा १५ मिनेटमा सम्पन्न गर्ने क्षमता राख्नेछ।

५. घुम्ने टावर – सन् २०२१ सम्ममा बनाई सक्ने लक्ष्य रहेको विश्वकै अग्लो घुम्ने टावर निर्माणको खबर अन्तराष्ट्रिय समाचार बनेको थियो।

६. विश्वको अग्लो भवन – गत बर्षदेखि निर्माण कार्य थालिएको दुबईको ‘क्रिक टावर’ विश्वकै नयाँ र अग्लो भवन हुनेछ । सन् २०२० सम्ममा निर्माण सम्पन्न गरिने यस टावरको निर्माण लागत ३.६७ अरब डलर अनुमान गरिएको छ।