७ फागुन, काठमाडौं।
चालु आर्थिक वर्षको ६ महिनामा अन्तराष्ट्रिय व्यापार घाटा ७४ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार समिक्षा अवधिमा कूल वस्तु निर्यात १४.८ प्रतिशतले वृद्धि भइ ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

भारतमा १७.१ प्रतिशत, चीनमा ५४.८ प्रतिशत र अन्य मुलुकमा १०.१ प्रतिशतले निर्यात बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको अर्ध वार्षिकमा ३.२ प्रतिशतले मुल्यवृद्धि भएको छ । यो अघिल्लो वर्षको सोहि समयमा १२.१ प्रतिशतमा रहेको थियो ।

बैदेशिक रोजगारीको रकम कूल रेमिट्यान्स चालु आर्थिक वर्षको ६ महिनामा ५.७ प्रतिशतले वृद्धि भई ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोहि अवधिमा १७.३ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको थियो ।

सरकारको कूल राजश्व संकलन ६८.९ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँमा पुगेको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिकमा १ अर्ब ८ करोड रुपैयाँले शोधान्तर घाटामा रहेको छ ।

यस्तै १० खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ बिदेशी विनिमय सञ्चित रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।