एजेन्सी । भनिन्छ, शिशुले आमाको स्तनमा हुने हरेक बदलावबारे थाहा पाउछन् । तर चिकित्सा विज्ञानमा यसलाई स्तन क्यान्सरको लक्षण भने मानिदैन ।

यस्तै बेलायतकी २६ वर्षीय सारा वायलका अनुसार उनका ६ महिने छोरा टेडिले उनको क्यान्सर पत्ता लगाउनमा मद्दत गरेका छन् । उनका अनुसार जब उनी आफ्नो बाबुलाई स्तनपान गराउँथिन, उ एकदमै रुन्थ्यो । दुध चुस्नै मान्दैनथ्यो ।

जब उनको ६ महिने बाबु एक वर्षको हुदै थियो । सुरुमा उसले राम्रोसंग दुध चुस्थ्यो । तर एकदिन अचानक उसले आफ्नो दुध चुस्न मानेन । साराले हप्तौसम्म स्तनपान गराउने कोसिस गरिन र पनि उसले मानेन ।

सारालाई लाग्यो कि, छोराको मुख तथा घाटीमा समस्या भएछ । त्यसैले उनी बाबुलाई लिएर अस्पताल पुगिन । तर समस्या साराको स्तनमा थियो । जहाँ स्तनमा गाँठो परेको उनले महसुस गर्थिन् । उनी डाक्टर कहाँ पुगिन् । जुन क्यान्सरको गाँठो थियो । यही कारण ६ महिने बालकले दुध चुस्न छोडेको थियो ।

डाक्टरले उनलाई स्तन क्यान्सर भएको पुष्टि गरेको थियो । अहिले साराको उपचार चलिरहेको छ ।

सारा भन्छिन छोरा टेडिको कारणले नै मेरो उपचार सम्भव भयो । स्तन क्यान्सर स्याहार केन्द्रका नर्सको भनाइअनुसार अन्य महिलाको पनि यस्तै समस्या उत्पन्न भएको थियो । जसले स्तनक्यान्सर पत्ता लगाउन सजिलो भएको थियो ।

नर्सका अनुसार बच्चाले आमाको दुध चुस्न छोड्नुको पछाडि कुनै रहस्य हुन्छ । त्यसैले स्वास्थ्य जाच गराउनुपर्छ । अन्य केहि महिलामा गरिएको अनुसन्धानबाट पनि सो कुरा पुष्टि भएको थियो ।

केहि अन्य अनुसन्धानका अनुसार भने, यो प्रमाण सबै ठाउँ लागु हुन सक्दैन । स्तनपानको समयमा समस्या देखा पर्नु अन्य कारण पनि हुन सक्छ ।