फ्रान्सको कान्समा मे १४ देखि २५ सम्म चलिरहेको ७२ औं कान्स फिल्म फेस्टिभलमा वर्षेनि आयोजना हुन्छ। विश्वभरका कलाकार यहाँ आफ्ना कलाकारिताको सफलता साटासाँट गर्न जम्मा हुने गर्छन। विश्व मिडियामा थप चम्किन यो फेस्टिभलले कलाकारहरुलाई अवसर दिने गरेको छ। रेड कार्पेटमा अनगिन्ती क्यामेराको अगाडी आफ्नो फेसन र ग्यामर प्रस्तुत गर्न पाउँछन्।

यो फेस्टिभलमा उत्कृष्ट फिल्मलाई अवार्ड पनि दिइन्छ। Palme d’Or नामक यो अवार्ड फिल्मी जगतमा निकै इज्जतका साथ लिइने गर्छ।

यो वर्ष बलिउडबाट कंगना रनावट, प्रियंका चोपडा, दिपिका पादुकोण लगायतका कलाकार उपस्थित थिए। साथै हलिउड लगायत विश्वका धेरै देशहरुबाट कलाकारहरु यहाँ उर्लेका छन्।

हेर्नुस् कान्सका केही उत्कृष्ट फेसन तस्विरमा