६ माघ, एजेन्सी ।

टेस्ट, टी २० र एकदिवसीय तीनवटै फरम्याटमा आफूलाई अब्बल सावित गर्दै आएका भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय प्रतियोगिताको कप्तानी गरेको पहिलो सिरिजमै भारतलाई जित दिलाएका छन् ।

लगातार तीन मध्ये दुई खेलमा इङल्याण्डविरुद्ध जित निकाल्दै कोहलीले आफ्नो पहिलो कप्तानीमै भारतलाई सिरिज जिताएका हुन् । लगातार दोस्रो खेलमा जित दिलाउने क्रममा बिहीबार राती भारतले इङल्याण्डलाई १५ रनले हरायो । ३८२ रन पछ्याएको इङल्याण्डलले ८ विकेट क्षतिमा पूरै ओभर खेल्दै ३६६ रन मात्र बनाउँदा १५ रनले हार्दै सिरिज नै गुमाउन पुग्यो । तीनमध्ये भारतले २–० को अग्रता लिएको छ ।
virat-yubraj-t20

यस अघिको पहिलो एकदिवसीयमा भारतले ३ विकेटको जित हात पारेको थियो । दुवै सिरिजमा गरी ७४७ रन बन्न पुग्यो । जसमा भारतका लागि युवराज र धोनी र इङल्याण्डका लागि कप्तान इयान मोर्गनले शतक हाने ।

एकदिवसियमा दोस्रो ठूलो योगफल बनाउने क्रममा युवराज सिंहले १५० र महेन्द्रसिंह धोनीले १३४ रन बनाए । तर इङल्याण्डले अन्तिमसम्म संघर्ष गरे पनि जित नजिक पुगेर सिरिजमै सुम्पियो । इङल्याण्डको लागि कप्तान इयान मोर्गनले १०२, जे रोयले ८२, मोइन अलीले ५५, जे रुटले ५४ रनको योगदान दिए पनि खेल जिताउन सकेनन् ।

सुरुवाती २५ ओभरसम्म ३ विकेट क्षतिमा १३२ रन बनाएको भारतले त्यसपछि धोनी र युवराज चम्किंदै २५६ रनको साझेदारीसम्म पुगेपछि चुनौतिपूर्ण योगफल बनाएको हो । २५ ओभरमैं इङल्याण्डले २ विकेट क्षतिमा १६२ रन जोडे पनि जितनजिक त पुग्यो तर, हार आत्मसात गर्यो ।

दुई टिमबीच अन्तिम एकदिवसीय २२ जनवरीमा कोलकातामा हुनेछ ।