भर्खरै खाजा खाएपछि पनि भोक लागेर पेटमा मुसा दौडिएको अवस्था कहिल्यै आएको छ तपाईँलाई?

हरेको जीवनमा कुनै न कुनै बेला यस्तो पल आएकै हुन्छ, जुन बेला असामान्य ढङ्गले भोक लाग्छ। जसको कारण धेरै क्यालोरी, गुलियो र चिल्लो पदार्थ भएको खाना खानुपर्ने हुन्छ। अनि त मोटोपन, मधुमेह, रक्तचाप आदि-इत्यादि।Time to Eat

तर यसरी भोकको आवेशमा आएर जथाभावी खानेकुरा खानुभन्दा धेरै समयसम्म पेट डम्म गराउने खालको खाना खानु वुद्धिमानी हुन्छ।

जस्तैः

१. अण्डा

अण्डामा प्रोटिन र बोसोको अतिउत्तम समिश्रण रहेको हुन्छ। त्यसले अन्य खाजा भन्दा उसिनेको अण्डा खाँदा धेरैबेर सम्म पनि भोक लाग्दैन।Eggs

तर यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ भन्ने मिथक कुरा विश्वास गर्ने पनि थुप्रै छन्। यदि तपाईँ पनि यो मिथक कुरालाई विश्वास गर्नुहुन्छ भने ढुक्क हुनुहोस्। हुन त अण्डाको रानीमा (पहेँलो भाग) अत्याधिक चिल्लो पदार्थ रहेको हुन्छ, तर विशेषज्ञहरू भन्छन् कि रगतमा कोलेस्ट्रोलको मात्रा बढाउनमा यसको कुनै भूमीका रहेको हुँदैन।

२. अवोकाडो

हरियो क्रिमजस्तो यो अवोकाडो फल स्वादिलो मात्रै हुँदैन, यसमा पेट भराउने फाइबर र मुटुलाई स्वस्थ राख्ने ‘मोनोस्याचुरेटेड बोसो’ पनि हुन्छ। यस्ता खानेकुरा जसमा फाइबर र असल चिल्लो पदार्थको मात्रा बढि हुन्छ, त्यस्ता खानालाई हाम्रो पाचनप्रणालीले ढिलो पचाउँदछ र चाँडै भोक लाग्दैन।Avocados

तर अवोकाडोमा क्यालोरीको मात्रा अति धेरै हुन्छ। त्यसैले एकचोटिमा सिङ्गै फल खानु राम्रो हुँदैन। बरु आधा आधा गरी साथीसँग बाँड्न सक्नुहुन्छ।

३. क्वाँटी

जति पनि गेडागुडी छन्, ती सबैलाई एकैठाउँमा भिजाई क्वाँटी बनाएर खानु हाम्रो स्वास्थ्यको लागि पनि अति उत्तम हुन्छ र यसले छिटो-छिटो भोक लगाउने बानीलाई पनि हटाउँदछ। गेडागुडीहरूमा फाइबर र प्रोटिनको मात्रा प्रशस्त हुन्छ, त्यसैले गर्दा नै यसले पेटलाई लामो समयसम्म भरि राख्दछ।health benefit list of Sprouts 2

४. दही

क्याल्सियमले भरिएको तर गुलियो पदार्थ कम हुने यो दहीमा प्रशस्त प्रोटिन पाइन्छ। हामीलाई खाएपछि सन्तुष्टि प्रदान गर्ने तत्व नै प्रोटिन हो। फेरि प्रोटिन पाइने खानेकुरामा बोसो पनि भएकै हुन्छ, जसले अझ धेरै समयसम्म पेटलाई भरि नै राखिराख्छ।Yogurt

५. बदाम

बदाम, काजु, पिस्ता अनि कटुस जस्ता खानेकुराहरूमा मुटुलाई स्वस्थ राख्ने चिल्लो पदार्थ पाइन्छ भने भोक मेटाउने फाइबर पनि पाइन्छ। विहानको खाना र दिउँसोको खाजा खाने समयको बीचमा करीब १५ दाना बदाम खानाले बीचको समयमा भोक लाग्ने समस्याबाट टाढा रहन सकिन्छ।Almonds

तर एकैचोटि धेरै बदाम चपाउनु पनि राम्रो हुँदैन। यसरी धेरै सेवन गरेमा उल्टो बेफाइदा निम्त्याउँदछ।

यो पनि हेर्नुहोस्-
मलाई किन जतिबेला पनि भोक लागिरहन्छ?
तपाईँलाई जतिबेला पनि थकाई लाग्छ? किन थाहा छ?
चुरोट छोड्ने एउटा विधि: यसरी छोड्न सकिन्छ चुरोट
प्याँज काट्दा किन आँशु आउँछ?
चियर्स! बियर पिउँदा स्वास्थ्यको लागि राम्रो हुने ५ कारणहरू