५ जेठ, काठमाडौं ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ८ जेठमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र २१ जेठसम्ममा सभापति देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । पदाधिकारी बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अब प्रधामन्त्री प्रचण्डले राजीनामा दिने र देउवा प्रधानमन्त्री बन्ने प्रस्ट्याएका थिए ।

बैठकमा सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको विषयमा छलफल भएको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए । ‘अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयो,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।