३० वैशाख, एजेन्सी।

युरोप लगायत विश्वका ९९ देशमा साइबर आक्रमण भएको छ।

बेलायतको नेशनल हल्थ सर्भिस (एनएचएस) यसबाट नराम्ररी प्रभावित भएको छ र विरामीको अनलाइन रेकर्ड पहुँचभन्दा बाहिर गएको छ।

आक्रमण पश्चात एक प्रोग्रामले हजारौँ ठाउँमा कम्प्युटर लक गरिदिएको छ। साथै अनलाइन पेमेन्ट नेटवर्क ‘विटक्वइन’बाट २३० पाउण्डको फिरौती मागिएको छ।

 यो पढ्नुस्: गुप्त मुद्रा’को नामले चिनिने विश्वको सबैभन्दा महंगो मुद्रा, के हो बिटक्वइन ?

अमेरिकामा साइबर आक्रमण


बेलायत, अमेरिका, चीन, रुस, स्पेन, इटली, भियतनामसहित कयौं देशमा ‘र्यान्समवेयर’ साइबर आक्रमण भएको खबर छ। प्रभावित भएका संगठनहरुले कम्प्युटर लक भएको र सो भाइरसले फिरौती मागेको स्क्रिनस्टन सार्वजनिक गरेका छन्।

बेलायतको स्वास्थ्य सेवा निशानामा
एक साइबर एक्सपर्टले ट्वीट गर्दै गर्दै बिटक्वाइन मार्फत ३६,००० ठाउँमा फिरौती मागिएको पत्ता लगाएको बताएका छन् ।

उनले यो आक्रमण निकै ठूलो स्केलको भएको बताएका छन्।

कयौं अस्पतालले आफ्नो बिरामीको तथ्याङ्कमा एक्सेस गर्न नसकेको गुनासो गरेका छन्। एनएचएसमा यो आक्रमणले सबैभन्दा ठूलो क्षती पुर्याएको छ र यसको कयौं कारण हुन सक्छन।

सबैभन्दा सम्भव कारण यो हो कि, एचएचएच निकै ठूलो आइटी इन्फ्रास्ट्रक्चरको सहयोगले चल्ने ठुलो संस्था हो। यसका कयौं पार्टनर र सप्लायर छन्, जसमार्फत यसको केन्द्रीय नेटवर्कसम्म पुग्न सकिन्छ।

लिभरपुलको एक मेडिकल सेन्टरमा काम गर्ने डाक्टर क्रिस मिमनाग भन्छन् यो आक्रमणले उनको काम असम्भव बनाइदियो।

उनले भने, ‘बिरामीको सबै रेकर्ड, रगत, पुराना रेकर्ड, औषधी सबै कम्प्युटरमा थियो। हामी औषधी पनि इलेक्ट्रोनक तरिकाले राख्थ्यौं। यी रेकर्ड सिधै फार्मेसीसम्म जान्थ्यो। अहिले यो पुरै सिस्टम नै हाम्रो हातबाट बाहिर निस्केको छ।

यो एक अन्तराष्ट्रिय आक्रमण हो: थेरेसा मे

यो आक्रमण अेमेरिकी सुरक्षा एजेन्सीले बनाएको सफ्टवेयरको मद्धतले गरिएको आशंका गरिएको छ। अहिलेसम्म ४० स्वास्थ्य संस्था यसबाट प्रभावित भएको बीबीसीले लेखेको छ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मे भन्छिन्, ‘यो आक्रमण नेशनल हेल्थ सर्भिसमाथि मात्र होइन। यो एक अन्तराष्ट्रिय आक्रमण हो र कयौं देश र संस्था यसबाट प्रभावित भएका छन्।’

के हो र्यान्समवेयर

र्यान्समवेयर (Ransomware) एक कम्प्युटर भाइरस हो जो कम्प्युटर फाइल बिग्रार्ने धम्की दिन्छ। साथै यदि सो फाइल बचाउन चाहने हो भने यसले फिरौती माग्छ।

यो यस्तो भाइरस हो जसले कम्प्युटरमा भएका फाइललाई इन्क्रिप्ट गरिदिन्छ। यसरी इन्क्रिप्ट गरिएको फाइल डिक्रिप्ट नगरि खोल्न मिल्दैन। फाइल इन्क्रिप्ट गरिसकेपछि यो सफ्टवेयरले फिरौती माग्छ, अनि मात्र यसले फाइल डिक्रप्ट गरिदिन्छ।

साथै फिरौतीको लागि समयसीमा तोकिन्छ। यदि समयभित्र फिरौती नतिरे यसको रकम बढ्दै जान्छ।