२४ जेठ, काठमाडौं ।

dr Rabindra Sameerअहिले गर्मीले देशका अधिकाँश स्थानमा जनजीवन प्रभावित भएको छ । तराइमा मात्र होइन पहाडी इलाकामा समेत गर्मी अत्याधिक बढेको छ । यहाँ गर्मीको समयमा गर्न हुने र नहुने २२ कुराको चर्चा गरिएको छ । यी शुत्र डा रविन्द्र समीरका हुन् । हामीले उपयोगी लागेर यी शुत्र उनको फेसबुकबाट साभार गरेका छौं ।

डाक्टर रवीन्द्र समीर 

अहिले प्रकृति हाम्रो प्रतिकुल छ ! कहिल्यै नभएको गर्मीको कारण स्वास्थ्य समस्या देखा पर्न थालेका छन् ! गर्मीमा स्वास्थ्य रक्षा गर्न निम्न लिखित समीर थेरापी यहाँहरुलाई उपयोगी हुनेछ !

१. धेरै मात्रामा पानी उमालेर बोतल वा भाँडामा राख्नुहोस ! माटोको भाँडामा राखेमा सर्बोत्तम ! प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस ! काममा जाँदा पानी लिएर जानुहोस ! पिशाब जति सेतो वा पानीजस्तो हुन्छ, त्यति नै स्वास्थ्य राम्रो हुन्छ !

२. कोल्ड ड्रिंक्स नखानुहोला ! कोल्ड ड्रिंक्सले शरीरमा झन् डीहाइड्रेसन् बढाउँछ ! अर्थात पानीको मात्रा घटाउँछ !

३. दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पाएसम्म सेवन गर्नुहोस !

४. काँक्रो, खर्बुजा लगायत पानीको मात्रा धेरै हुने फलफुल, सागपात खानुहोस ! मासुको मात्रा कम गर्नुहोस !

५. चिउरा, दाल्मोड़, जंक फुड आदिको सेवन नगर्नुहोस !

६. मदिराको सेवन नगर्नुहोस ! गर्नै परेमा बियर मात्र बढीमा १ बोतल खाँदा कम हानि हुन्छ ! सकभर बियर पनि नखानुहोस !
७. ताजा र घरकै खाना खानुहोस !

८. सकभर बिहान / बेलुका काम गरेर दिउँसो आराम गर्नुहोस !

९. लामो सास शरीर भित्र लिने र सबै सास रित्तो हुनेगरी फेर्नुहोस ! सित्कारी प्राणायाम लाभकारी हुन्छ !

१०. बाहिर निस्कदा हल्का कटनको कपडा, स्क्रिन लोसन, सन् ग्लास ( कालो चस्मा ) लगाउनुहोस !

११.पसिना आउन्जेल ब्यायाम गरेर नुहाउनुहोस् ! काम वा ब्यायाम गर्दा पानीको मात्रा कमि नहोस !

१३. झोलिलो खाना खानुहोस !

१४. मसलादार खाना नखानुहोस !

१५. राति छिटो सुत्नुहोस, बिहान सबेरै उठ्नुहोस !

१६. छालालाई ताप र एलार्जिबाट रक्षा गर्न खुकुलो लाम्बाहुले कपडा लगाउनुहोस !

१७. बालबालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे नपुगेको ख्याल गर्नुहोस !

१८. सम्भब भएमा पौडी खेल्नुहोस !

१९. शरीरका कोमल अंगहरुलाई बिशेष ख्याल गर्नुहोस ! लिप केयर, आँखामा सुख्खा नहुने थोपा ( चिकित्सकको सल्लाह बमोजिम ) प्रयोग गर्नुहोस !
२०. सबैभन्दा ठूलो कुरा फुड प्वाइजनिंगबाट बच्न सरसफाइमा ध्यान दिनुहोस् !

२१. लामखुट्टे, सर्प आदिबाट होसियार रहनुहोस !

२२. छालामा काँक्रो, गोलभेडा, घ्युकुमारी, पाउडर, बोडी लोसन आदिले एलर्जीबाट बचाउनुको साथै छालालाई रक्षा गर्दछ !

 

यो पनि हेर्नुस्

गर्मी मौषममा खानु पर्ने ५ कुरा

गर्मी सिजनमा फ्रेस र फिट रहन के गर्ने