माघ ५, एजेन्सी ।

२३ वर्षीया यि भारतीय मुलकी बेलायती युवतीलाई देख्यो भने तपाइँ उनी महिला हुन् भन्ने कुरा पत्याउन कठिन मान्नु हुन्छ । किन भने उनको अनुहार भरी पुरुषको जस्तै दारी छ ।

हरनाम कौर नामक यि युवती भन्छिन् उनलाई आफ्नो दारीले झनै महिलापनको अनुभव हुन्छ ।

बेलायतको बर्कशायर स्लोघमा बस्ने उनीमा एक प्रकारको स्वास्थ्य समस्या रहेका कारण उनको अनुहार भरी पुरुषको जस्तै बाक्लो दारी छ ।

girl with bearedgirl with beared 1girl with beared 2girl with beared 3girl with beared 4girl with beared 5girl with beared 6

 

उनले विद्यालयमा धेरैको घोँचपेच सहनु पर्थ्यो भने कतिपयले मार्ने सम्मका धम्की पनि दिए ।

उनले शिख धर्म अवलम्बन गरेपछि अनुहारको रौं काट्न छाडेकी छिन् । शिख समुदायमा शरीरका रौं काट्न नहुने विश्वास छ ।

आफूलाई भगवानले यस्तै बनाएको र अव यसैमा खुसी रहेको उनको उनी बताउँछिन् ।

दारीले गर्दा झनै बढी महिला भएको अनुभव हुने र झनै सेक्सी देखिने समेत उनको दावी छ ।

किशोरी अवस्थामा उनलाई दारी भएको अनुहार देखाउन निक्कै दिक्क लाग्थ्यो । हप्तामा २ पटक सम्म सबै अनुहारको रौं हटाउँथिन् ।

विद्यालमा सबैले  सिमेल र सिम्यान भनेर जिस्काउँदा एक पटक त आत्महत्या समेत गर्न मन लागेको थियो उनलाई ।

तर अहिले केही जस्तो पनि लाग्दैन भन्छिन् उनी ।

१६ वर्षको उमेरमा उनले शिख धर्म अंगालिन त्यसपछि उनले रौंको बारेमा कहिले चिन्ता लिइनन् ।

यो विषयमा घरमा समेत उनले विवाद गरिन तर आफ्नो निर्णय बदलिनन् ।

अहिले उनका बाबुआमा र १८ वर्षका भाइ गुरदिप सिंहले उनलाई निक्कै सहयोग गर्छन् ।

१७ वर्षको हुँदा जागिर पाउन गाह्रो परेपछि उनले फेरी दारी काटिन् तर त्यसपछि भने कहिले पनि काटिनन् ।

मानिसहरुले शुरुमा आफ्नो दारी हेरेपनि आफ्ना स्तन पनि देखेपछि अचम्मित हुने गरेको उनको अनुभव छ ।