मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन ।

 

बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ । शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ ।

स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ । यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ ।

 

गरुड पुराणको आचारखण्डमा भनिएको छः

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

getting older

अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ ।

यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैनः

 

१- चाहिने भन्दा बढी मात्रामा पानी पिउनु

२- भारी अर्थात गरिष्ठ भोजन गर्नु

३- अत्याधिक बीर्य स्खलन

४- दिसा पिसाव रोक्नु

५- दिउसै सुत्नु

६- रातिमा जागिरहनु

 

getting older 1
त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।

– काँचो वा सुख्खा मासु सेवन

– सू्र्योदयको समयमा मैथुन वा निद्रा

– वृद्ध महिलासँग यौन सम्पर्क