[vc_row][vc_column width=”1/1″][vc_raw_html][/vc_raw_html][/vc_column][/vc_row][vc_row][vc_column][vc_column_text]

२०७२ साल- बार्षिक राशिफल

 

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

mesh

मेश राशीलाई २०७४ जेठ ६ गतेदेखि मार्गशीर्ष ६ गतेसम्म शनिको अढैयाले सामान्य अनिष्ठताको प्रवलता रहे पनि अन्य ग्रहको अनुकूलताले यस वर्ष सामान्य प्रकारले गुज्रिएला ।

भाग्यशक्ति कमजोर देखिनाले कमजोर मनोवाञ्छितकार्यमा विलम्वता आउला । बौद्धिकस्तरमा ह्रासताले परीक्षा प्रतियोगिता खासै सफल नबन्ला । बाणीमा कटुता झल्कने अवस्थाको सृजनाले मनमा अशान्ति छाउला । सन्तान सुखमा न्यूनता । मनमा पापीय भाव उत्पन्न होला । धर्मप्रतिको आस्थामा कमि आउला । पशुपंक्षिपालन तथा जग्गा जमिनको व्यवसाय लाभकारी नबन्ला । वैदेशिक रोजगारीले पनि फाएदा नगर्ला ।

व्यापार व्यवसायले भने जीवनस्तर सुधार्ला । खेती किसानीमा उच्चता । अनावश्यक खर्च नियन्त्रणशिलता बढ्ला । राजनैतिक गतिविधिमा प्रशंसायोग्य कार्यले स्याबासी दिलाउला । नोकरीमा ख्याती बढ?ने कामहरु होलान । आमाबाबु तथा दाजुभाई दिदीबहिनीहरुको आशिर्वास प्राप्त भइरहला । इष्टमित्रको सद्भाव पनि कायमै होला । दाम्पत्य जीवन प्रेममय वातावरणमा हुर्कंदै जानाले पतिपत्नीबिचको सम्बन्धमा सुमधुरता आउला । दुर्घटना लगायतका विपतिमा न्यूनिकरण होला । रोगव्याधको प्रकोप नियन्त्रणमा आउला ।

 स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो

 

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

brish

वृष राशिलाई २०७४ जेठ ६ गतेसम्म र पुन: मार्गशीर्ष १ गतेदेखि अढैयाको दशाले अलि नरमाइलो भए पनि ठूलो दुर्घटनाको प्रवलता भने देखिदैन ।

आमाबाबुको आशिर्वाद घट्ला । पति पत्निको सम्बन्धमा तिक्तताले दाम्पत्य जीवन त्यति सुमधुर नबन्ला । राजनीतिमा उल्लेख्य सफलता नमिल्लानोकरीमा पनि खिचातानी होला । कृषिजन्य व्यवसायले जीवन संचालनमा मद्दत नपुग्ला । व्यापार व्यवसायले आर्थिक मन्दी निराकरण नगर्ला । वैदेशिक रोजगार पनि खासै उपयुक्त बन्न नसक्ला ।

बौद्धिकस्तरको वृद्धिले पठनपाठन सफल बन्ला । पापीय मनोभावना विस्तारै हट्दै जाला । धर्मकर्म प्रति अभिरुची जाग्ला । जग्गाजमिनको व्यवसायले आर्थिक संकट घटाउला । पशिपंक्षिपालनबाट जीवन संचालनमा मद्दत पुर्याउला । रोगव्याधको प्रकोप नियन्त्रणमा आउला । शत्रु परास्त होलान । भाग्यशक्ति उर्बर रहनाले दैवीय विपत्तिहरुमा न्यूनता छाउला । अनावश्यक व्ययभार नियन्त्रणमा आउनाले मनमा प्रशन्नता छाउला । दाजुभाई दिदीबहिनीको शुभेच्छा अटल रहला । वाणी प्रभावशाली रहनाले महत्वपूर्ण व्यक्तिको सामिप्यतामा रमाउन पाइएला । मौसमी बाहेक सामान्य रोगव्याध नियन्त्रणमा आउला ।

⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो

 

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

mithun

मिथुन राशिलाई यस (२०७४) वर्ष प्रायश: सामान्य अवस्था शुभाशुभ सबै प्रकारको घटनाले जीवनमा मिश्रित फलप्रदायक बन्दै जाला ।

जोश जाँगरको अभिवृद्धिले मनले चिताएको कामले पूर्ण होला । भाग्यशक्ति बलियो बन्दै जाला । आमाबाबुको सामिप्यतामा कमि नआउला । पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद स्थितमा रम्ला । दाजुभाई दिदीबहिनीको सहयोगले प्रभावशाली बनाउला । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्ला । जग्गा जमिनको कारोबारले उन्नती नै होला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा न्यूनता नै छाउला ।

तर पनि आर्थिक सन्तुलन खास मजबुत हुन नसक्ला । बोल्दा निकै होश गर्नुपर्ला । धार्मिक रुची बिस्तारै घट्दै गएको अनुभूति होला । पापकर्ममा मन चञ्चल हुदै जाला । शत्रुहरुले प्रतिष्ठा गिराउलान । स्वास्थ्य सम्बन्धी समस्याले सताउला ।

⊕ स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो

 

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

karkat

कर्कट राशिलाई यस (२०७४) राम्रा नराम्रा सबै किसिमका फलादेशले युक्त मिश्रित प्रकारको समयको प्रधानताको बाहुल्यता रहला ।

बोल्दा निकै होश पुर्याउनुपर्ला नत्र गलत अर्थको शिाकर भइएला । बौद्धिकतामा ह्रास आउनाले परीक्षा प्रतियोगिताहरु लगायत पढाई लेखाई त्यति सफल नबन्ला । सन्तानबाट हेरचाहमा कमी आउला । दुर्घटना जस्ता दैवीय विपत्तिको संभावना टरिहालेको परिस्थिति देखिदैन । जोश र जाँग चल्ने अबस्था नदेखिनाले मनले सोचेको कार्यले पूर्णता नपाउला ।

व्यापार व्यवसायले जीवनस्तर सुदृढ बनाउला । खेतीकिसानी र पशु-पंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जाला । जग्गा जमिनबाट पनि आम्दानीको मार्ग बिस्तार नै होला । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढ्ला । आमाबाबु र दाजुभाई, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार भइरहला । पतिपत्नीबीचको समझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित होला । रोगव्याधको प्रकोप नियन्त्रणमा आउला । शत्रु निश्क्रिय बन्लान । दीनदुखी प्रति दयाभाव जाग्ला । धार्मिल गतिविधीले तिर्थयात्राको अवसरहरु जुट्ला । राजनैतिक स्थितिले सामाजिक कार्यमा अग्रसर बनाउला । नोकरीमा प्रशंसाको पात्र भइएला ।

⊕ स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो

 

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

sigh

सिंह राशिलाई २०७४ जेठ ६ गतेदेखि मार्गशीर्ष १ गतेसम्म शनिको अढैयाले सामान्य असिविधाजनक परिस्थिति देखिए पनि धेरै अशुभता भने नहोला ।

वाणीमा मधुरता झल्कनाले प्रभावशाली व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला । बौद्धिकस्तर उच्चतहको रहनाले भाग्यशक्ति बलियो बन्ला । अध्ययन अध्यापनले क्षेत्र सफल बन्ला । धार्मिक जगतमा ख्याति पाइएला । पापीय मनोवृत्ति निश्कृय होला । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनिकरण आउला । नोकरीमा ख्याती बढ्ने कार्यले प्रशंसित बनाउला । राजनैतिक गतिविधीबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ला । सन्तानहरुबाट राम्रो संरक्षण पाइएला । पशु-पंक्षिपालान तथा जग्गाजमिनको व्यवसायले समृद्ध बनाउला । व्यापार व्यवसायबाट राम्रै सन्तुष्टि पाइएला । पतिपत्नीबीचको सम्बन्धको सुमधुरताले समाजमा प्रशंसित काम होला ।

दाजुभाई दिदीबहिनीको उचित सहयोग नमिल्ला । आमाबाबुको सद्भाव घट्ला । इष्टमित्र टाढिएलान । कृषिजन्य कार्यमा उल्लेख्य लाभ हुन नसक्ला । स्वास्थ्य विज्ञानको प्रगति भए पनि रोगव्याधको प्रकोप अनियन्त्रित बन्ला । अनावश्यक खर्च नियन्त्रणमा ल्याउन मुश्किलै पर्ला । शत्रुले सम्मानमा चोट पुर्याउलान ।

⊕ स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो

 कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)


kanya

कन्या राशिलाई २०७४ जेठ ६ गतेसम्म र पून: मार्गशीर्ष १ गतेदेखि अढैयाको दशाले दुखद वातावरण देखिए पनि ठूलो अनिष्ठ भने नहोला ।

बौद्धिक स्थिति मजबुत रहनाले परीक्षा प्रतियोगितामा सफल हुन नसक्ला । रोगव्याधको प्रकोपको वृद्धिले शरीरमा आलश्यता छाउला । शत्रुले बढी नै चोट पुर्याउन खोज्लान । दाजुभाई दिदीबहिनीको स्नेह घट्ला । सन्तान अपेक्षित सुख नपाइएला । जग्गाजमिन तथा पशु पंक्षिपालन व्यवसायले आर्थिक मन्दी सुल्झाउन सक्ने अवस्था देखिदैन । अनावश्यक खर्च नियन्त्रणमा पनि सफल हुन नसकिएला ।

आमाबाबुको आशिर्वादले मुस्किल सरल बन्ला । पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद होला । इष्टमित्र सहयोगी होलान । बोलीमा मधुरता झल्केला । भाग्यशक्ति सुदृढ रहला । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर निम्तेला । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्ला । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्ला । कृषिजन्य कार्यबाट आर्थिक सन्तुलन उच्चस्तरको बनाउला । दैवीय दुर्घटनामा न्यूनता आउला ।

⊕ स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो

 

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

tula

तुला राशिलाई २०७४ जेठ ६ गतेदेखि मार्गशीर्ष १ गते सम्म शनिको अत्यन्त साँढेसाती दशाले नराम्रो अवस्था देखिए पनि अन्य समयमा भने सुखद फलको अपेक्षा गर्न सकिन्छ ।

वाणी प्रभावशाली बन्न नसक्दा समस्या उत्पन्न होाल । आमाबाबुको र इष्टमित्रको सद्भाव प्रयाप्त रुपमा नपाइएला । राजनीतिले समाजमा तिरस्कारको वातावरण निम्त्याउला । नोकरीमा खिचातानीको शिकार हुनुपर्ला । रोगव्याधको प्रकोप अनियन्त्रित होला । शत्रुबाट प्रताडित गर्ने प्रयत्न होला । कृषिजन्य कार्यमा सफलता हासिल होला । नचाहिदो खर्च कटौतीमा सक्षमता बढ्ला ।

बौद्धिकता सुधारोन्मुक अवस्थामा जानाले परीक्षा प्रतियोगिताहरु सफल बन्दै जाला । सन्तानबाट सुख तथा दाजुभाई दिदीबहिनीको सहयोग भइरहला । व्यापार व्यवसायबाट आन्दानी मनग्ये होला । पशु-पंक्षिपालनबाट पनि उन्नतिमार्ग विस्तार होला । जग्गाजमिन सम्बन्धि कार्यबाट फाइदा नै होला । पापीय मनोवृति शिथिल बन्दै जाला । धार्मिक गतिविधिले मानसिक शान्ति स्थिरतातर्फ लैजाला । सवारी लगायत दैवीय दुर्घटनामा न्यूनताको आभास मिल्ला । भाग्यशक्ति निकै उर्वर बन्दै गएको अनुभूति पाइएला ।

⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो

 

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

brishchik

वृश्चिक राशिलाई २०७४ ६ जेठदेखि मार्गशीर्ष १ गतेसम्म शनिको मध्य साँढेसाती तथा जेठ ६ सम्म पून: र मार्गशीर्ष १ गते देखि अन्त्य साँढैसातीले फाइदा नगरेपनि ठूलो अनिष्ट भने हुदैन ।

आमाबाबुको आशिर्वाद पर्याप्त रहला ।सन्तान आग्याकारी बन्लान । इष्टमित्र पनि सहयोगी देखिएलान । पतिपत्नीमा प्रेमयुक्त वातावरणले दाम्पत्य जीवन सुखी होला । बौद्धिकस्तरको उच्चताले पठनपाठनसहित प्रतियोगिताहरु सफल बनाउला । कृषिको कामबाट फाइदा नै होला । व्यापार व्तवसायले उन्नतिपथको विकास गर्ला । अनावश?यक खर्च नियन्त्रणमा आउला । स्वास्थ्य विग्यानको प्रगतिले रोगव्याधको प्रकोप फैलिन नपाउला ।

भाग्यशक्ति अलि खस्किएको अनुभूति गराउला । धार्मिक गतिविधिले मनलाई अशान्त बनाउला । पधु-पंक्षिपालन लगायत जग्गाजमिनको व्यवसाय सद्भावपूर्ण बन्न नसक्ला । दाजुभाई दिदीबहिनीबाट उचित सद्भाव पाइने अवस्था देखिदै । नोकरीले दिक्दारीपन बढाउला । राजनैतिक प्रक्रियाले वेवास्ता र वैराग्यता न निम्त्याउला भन्न सक्ने अवस्था छैन ।

⊕ स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो

 

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

dhanu

धनु राशिलाई २०७४ ६ जेठसम्म र पून: मार्गशीर्ष १ गतेदेखि मध्य साँढेसाती । उपरोक्त अवधि बाहेकमा आद्य साँढेसाती दशाले अलि अशुभ घटनाको प्रवलता देखाए पनि अन्य ग्रहले राम्रै गराउला ।

भाग्यशक्तिमा कमजोरी आउला । जोश र जाँगर घट्दै जाला । सवारी लगायत दैवी दुर्घटनाका विपत्तिको सामना गर्नु पर्ला । शत्रुबाट झमेला पर्ला । रोगव्याध शमनमा अवरोध आउनाले दु:खी बनाउला । अनावश्यक खर्चलाई धान्न जटिलता आउला । पापीय मनोवृतिले मनमा चञ्चलता बढाउला । धार्मिक कार्यमा वितृष्णा जाग्ला । आमाबाबुको स्नेहमा कमी रहला । दाजुभाई दिदीबहिनीको सद्भाव घट्ला । कृषिकार्यमा अपेक्षित सफलता नपाइएला ।

बौध्दिकस्तर उच्चतहको रहनाले पढाईलेखाई तथा परीक्षा प्रतियोगिताहरु सफल होलान । राजनीतिले योग्यताको वृध्दि गर्ला । नोकरीबाट प्रशंसायोग्य कार्यको चर्चा होला । सन्तानहरु आग्याकारी होलान् पतिपत्नीबीच सौहार्दपूर्ण व्यवहारले दाम्पत्य जीवन सुखद बन्ला । इष्टमित्रहरुले सहयोग गर्लान् । पशु-पंक्षिपालन कार्यमा प्रगतिदायी अवस्था आउला । व्यापार व्यवसायले आर्थिक मन्दी निराकरण होला । जग्गाजमिन सम्बन्धि कारोबारले पनि अर्थतन्त्रमा सुदृढता आउला ।

⊕ स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो

 

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

makar

मकर राशिलाई २०७४ ६ जेठसम्म र पून: मार्गशीर्ष १ गतेदेखि आद्य साँढेसाती दशाले अप्रियताको संभावना रहेपनि अन्य समय भने सुखद परिस्थितिको प्रधानताले मन प्रफुल्लित रहला ।

वाणी प्रभावकारी रहनाले महत्वपूर्ण व्यक्तित्वको सामिप्यतामा रमाउन पाइएला । आमाबाबु लगायत दाजुभाई दिदीबहिनीको सद्भाव प्राप्त होला । सन्तानबाट सुख पाइएला । इष्टमित्रबाट सहानुभूतिको अपेक्षा गर्न सकिन्छ । भाग्यशक्ति निकै मजबुत रहला । दैवीय दुर्घटनाका विपत्तिहरु निराकरण होला । पापकार्यमा मन निरुत्साहित होला । धार्मिक कार्यमा रुची बढ्ला । नोकरीमा ख्याती बढ्नाले प्रशंसा होला । राजनीतिले योग्यताको परिचय वृध्दि गर्ने कार्य गर्ला । शत्रु परास्त हुदै जालान् । वैदेशिक रोजगारीले उपयुक्त वातावरण देखाउला । खेतीकिसानीको कामबाट जीवनस्तर सुध्रिदै जाला । पशु-पंक्षिपालन तथा जग्जाजमिन सम्बन्धी कारोबारले आर्थिक संकट निवारण गराउला ।

बौध्दिकता ह्रासोन्मुख होला । शत्रुबाट प्रताडित बनाउने प्रयत्न होला । पति पत्नीबीच स्नेहपूर्ण व्यवहारको कमीले दाम्पत्य जीवन उराठिलो होला । व्यापार व्यवसाय फापिलो बन्न नसक्ला । अनावश्यक व्यय नियन्त्रणमा लिन मुस्किल पर्ला ।

 

⊕ स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो

 

कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

kumbha

कुम्भ राशिलाई यस (२०७४) वर्ष शुभाशुभ सबै किसिमले स्वागत गर्ने मिश्रित फलादेशयुक्त समयको प्रचुरता बढी नै रहला ।
शत्रुले दु:ख दिन प्रयत्न गर्लाब् । स्वास्थ्य विग्यानमा प्रगति भए पनि रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउला । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन नसक्ला । पशु-पंक्षिपालनबाट पनि खासै सन्तुष्टि नपाइएला । अनावश?यक खर्च नियन्त्रणमा लिन कठिनै होला ।

भाग्यशक्तिको उच्चताले मनमा शान्ति छाउला । बौध्दिकस्तर बलियो रहनाले अध्ययन लगायत परीक्षा प्रतियोगिताहरुमा सफलता मिल्ला । पापीय मनोवृति निश्कृय बन्ला । धार्मिक क्रियाकलापमा मन केन्द्रित रहला । दैवी दुर्घटना जस्ता विपत्ति घट्ला । आमाबाबु तथा दाजुभाई दिदिबहिनीबाट शुभेच्छा प्राप्त भइरहला । इष्टमित्रको साथ हमेशा रहला । पतिपत्नीबीचको मधुरताले दाम्पत्य जीवन सुखमय तबरले बित्ला । व्यापार व्यवसायले आर्थिक मन्दी निराकरण गर्ला । वाणीको प्रभावले उच्च पदस्त व्यक्तिको सामिप्यतामा मनोवाञ्छित कार्य सम्पन्न होला ।

⊕ स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो

 

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

min

मीन राशिलाई २०७४ वर्ष सुखदु:ख समान रुपमा घामछायाँ झै देखिएला । प्रायश: शुभग्रहका अनुकूलताले सुखी र खुशी पनि बनाउला ।

बौध्दिकस्तर बलियो रहनाले अध्ययन अध?यापन लगायत परीक्षा प्रतियोगिताहरु सफल बन्दै जाला । वाणी प्रभावकारिताले महत्वपूर्ण कार्य सम्पन्न बन्ला । दैवी दुर्घटना जस्ता विपत्ति घट्दै जाला । आमाबाबु र दाजुभाई दिदीबहिनीबाट उचित शुभेच्छा पाइएला । इष्टमित्रको साथ हमेशा रहला । पतिपत्नीबीचको मधुरताले दाम्पत्य जीवन सुखद ढंगले बित्ला । व्यापार व्यवसायले समृद्धि बनाउला । कृषिजन्य कार्यमा राम्रो आम्दानी होला । जग्गाजमिनको कारोबारबाट पनि आर्थिक समुन्नति होला । स्वास्थ्य विग्यानको प्रगतिले रोगव्याधको शमनमा सफलता हाँसिल होला ।

भाग्यशक्ति खस्कदै गएको अनुभूति होला । पापीय मनोवृत्तिले डेरा जमाउला । धार्मिक गतिविधिले मन अशान्त बनाउला । शत्रुद्वारा अनेकौं झण्झटको सामना गराउला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार हुनु पर्ला । राजनैतिक स्थिति प्तिकूल वातावरणको देखिनाले समाजमा आलोचित भइएला । पश-पंक्षिपालनले खासै सन्तोष नपाइएला । अनावश्यक व्ययभार नियन्त्रणमा आउन नसक्नाले आर्थिक संकट पर्ला ।

 

⊕ स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो

स्रोत: तोयानाथ पञ्चांगमा प्रकाशित २०७२ को राशिफल

[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column width=”1/1″][vc_raw_html][/vc_raw_html][/vc_column][/vc_row]