appleहाम्रो किचेनमा सधै हुनु पर्ने १० खानेकुरा जसले मोटोपना घटाउन पनि मद्दत गर्दछ र हाम्रो शरिरलाई चाहिने सम्पुर्ण पौष्टिक तत्व पनि प्रदान गर्दछ ।

 

– मुङ्गको दालः यसमा भिटामिन ए,बि,सि,र ई पाईने भएको हामीले यसको प्रयोग गर्नु आवश्यक मानिन्छ ।

 

– कफीः कफीमा पाइने क्याफिनले क्यालोरी घटाउन मद्धत गर्छ । एक कप कफीले ३० देखी ५० क्यालोरी युनिट नष्ट गर्न सक्छ । दैनिक रूपमा ३ देखि ४ कप कफी खानाले टाइप २ मधुमेह भएका मानिसलाइ समेत फाइदा पुर्याउँछ ।

 

– गोलभेडाः हामीले प्राय भान्सामा प्रयोग गर्ने गोलभेँडा पनि स्वास्थ्यका लागि निकै उपयोगी खाद्य पदार्थ हो । यसले पनि शरिरको तौल घटाउन मद्धत गर्दछ । यसले शरिरको तौल घटाउनुका साथै शक्ति दिने, शरिरमा ब्लड सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोलस्टेरोल घटाउन मद्धत गर्ने गर्छ ।

 

– केराः केरालाई स्वस्थ जीवनका लागि एक महत्वपूर्ण फलफुलका रूपमा लिने गरिन्छ । केराले शरिरमा भएको बोसोलाई घटाउन मद्धत गर्दछ र शरिरको तौल घटाउन सहयोगी खाद्यान्नको रूपमा रहन सक्छ हाम्रो दैनिक जीवनमा ।

 

– पालुङगोः पालुङगो पनि सहजै पाईने हरियो तरकारी हो । यो सागमा पनि पानी, फाईबर, एन्टिअक्सिडेन्ट, भिटामीन के र ए अनि मिनिरल्समा म्याग्नेसियम, पोटासियम र आईरन पाईन्छ । एक कच्चौरा पालुङ्गोको साग दिनमा खाँदा यसले हाम्रो सम्पुर्ण पाचन शक्तिनै सफा बनाईदिन्छ । यसले कब्जियत हुन दिदैन यसो हुँदा हाम्रो छामा पनि चम्किलो हुन्छ ।

 

– लसुनः लसुन पनि स्वास्थ्यका लागि निकै उपयोगी खाद्यान्न हो । लसुनमा पाइने फाइबरले शरिरको तौल घटाउन मद्दत गर्दछ । लसुनले कोलस्टेरोल, इन्सुलिन तथा अस्वस्थ ब्लड सुगर घटाउन समेत सहयोग गर्छ ।

 

– कालो भट्टमासः कालो भट्टमास पनि तौल घटाउन मद्दत गर्ने एक खाद्यान्न हो । यसमा पाइने फाइबर, प्रोटिन र बोसो घटाउन मद्दत गर्ने पदार्थहरू प्रसस्त मात्रामा पाइन्छ । कालो भट्टमासलाई पनि तौल घटाउने खाद्यान्न रूपमा प्रयोग गर्न सकिन्छ ।

 

– स्याऊः दिनमा १ वटा स्याऊ खानुस्, चिकित्सकबाट टाढा रहननुस् भन्ने भनाई समेत निकै चर्चित छ । यही स्याउले शरिरको तौल घटाउन समेत मद्धत गर्दछ । एउटा मध्यम खालको स्याऊमा करिब ४ ग्राम फाइबरको मात्रा पाइन्छ यसले शरिरको तौल घटाउन मद्धत गर्दछ । स्याउले अन्य पाचन प्रणालीलाइ समेत स्वस्थ राख्न मद्दत गर्छ ।

 

– बेसारः बेसार पनि शरिरको तौल घटाउन मद्धत गर्ने र हामीले दिनहुँ प्रयोग गर्ने खाद्यान्न हो । यसमा पाइने करकुमिन, फिनोलले शरिरमा भएको बोसोयुक्त तन्तुलाई घटाउन मद्धत गर्छ । बेसार तौल घटाउनुका साथै ग्याष्ट्रिक तथा अन्य रोगहरुमा समेत फाइदाजनक हुन्छ ।

 

– काउलीः काउली पनि हामीले सहजै पाउन सक्ने तरकारी हो । यसमा टक्सिस कम्पाउन्ड सक्न लड्न सक्ने क्षमता भएको हुँदा यसलाई पनि तौल कम गर्ने खाना अर्थात तरकारीको रुपमा प्रयोग गरिन्छ । काउलीमा फाईबर बढि मत्रामा पाईने हुँदा यो हाम्रो लागि निकै नै फाईदा जनक मानिन्छ ।