बोनिस कोईराला

पृथ्वीमा यस्ता धेरै भूमि छन् जुन समुन्द्रि सतह भन्दा तल रहेका छन्। सर्वोच्च शिखर सगरमाथा सबैभन्दा अग्लो भुभाग झै सबैभन्दा होचा भुभाग पनि प्रशस्तै भेटिन्छन्। पृथ्वीको ४ भागमा ३ भाग जति समुद्रले नै ओगटेको छ। संसारमा ३३ देशहरुको जमिन समुन्द्रि सतह भन्दा तक रहेको छ। यस्तो जमिन वा भूभागलाई डिप्रेषन भन्ने गरिन्छ। यस्तो भूमि धेरै जसो सुख्खा हुन्छ र यहाँ नुनिलो तालहरु रहेको हुन्छ।

यस्तो भूभागहरुको बनावटको सम्बन्ध जमिन मुनि रहेको टक्टोनिक प्लेटसँग हुन्छ। समुद्रको छालले ठक्करदिँदा नजिक रहेका प्लेटहरुको ढाँचा बिग्रन थाल्छ र यि एक आपसबाट टाढा हुन्छन। यि प्लेटहरु छुट्टिन थालेपछि बिचमा खालि र गहिरो भूमि बाँकी रहन्छ जसलाई डिप्रेषन भनिन्छ। यस्ता भूभाग ज्वालामुखिबाट पनि बनेका हुन्छन्।

समुद्र सतह समय अनुसार परिवर्तन हुने गर्दछ जसले गर्दा हजारौँ वर्ष अघि अहिले रहेको सबैभन्दा गहिरो भूमि भन्दा पनि गहिरो वा सर्वोच्च अग्लो हिमाल भन्दा पनि अग्लो हिमाल हुन जान्छ। यस्तो भूमि अफ्रिका, युरोप र एसियामा बढि देख्न सकिन्छ। सबैभन्दा गहिरो भूमी पृथ्वीमा कता-कता रहेछन् त? हेरौँ,

१. डेड सी डिप्रेषन

dead seaयो डिप्रेषनले डेड सी(समुद्र), गालिली सी, जोर्डन नदि र धेरै स-साना वस्तीहरु ओगटेको छ। डेड सीको किनारा पृथ्वीको सबैभन्दा गहिरो सुख्खा ठाँऊ हो। यो भूभाग समुद्र सतह भन्दा ४१३ मिटर तल रहेको छ। तर कहिलेकाँहि यो मापन केहि मिटरले परिवर्तन हुने गर्दछ। यो क्षेत्रमा विशेषगरि नुन उत्पादन हुने गर्दछ।

२. अस्सल ताल

lake assalअफ्रिकाको सबैभन्दा गहिरो र संसारको दोस्रो सबैभन्दा गहिरो भूभाग हो अस्सल ताल।निकै गर्मी हुने हुँदा यो ठाँउको पानी एकदमै छिटो बाफ बन्छ। यसले गर्दा अस्सल ताल पृथ्वीमा रहेको सबैभन्दा नुनिलो ताल पनि हो। यो भूभाग समुद्र सतहभन्दा १५५ मिटर तल छ।

३. तुर्फान डिप्रेषन

turfan depressionदक्षिण चीनको स्वायत्त सिनजियाङ क्षेत्रमा स्थित छ तुर्फान डिप्रेषन। यस भूभागको तल्लो जमिन एडिङकोल तालले भरिएको छ र यस तालको किनारा समुद्र सतहभन्दा १५४ मिटर तल रहेको छ। यो मापन कहिलेकाहीँ केहि मिटरले तलमाथि हुन सक्छ जसले गर्दा कहिलेकाहि यो सबैभन्दा गहिरो ठाँउको दोस्रो स्थानमा पनि आउँछ। चीनको यो भागमा गर्मी र सुख्खा छ जसको कारण यस ठाँउलाई ‘चीनको भट्टी’ पनि भनिन्छ।

४. कतारा डिप्रेषन

qattaraयो भूभाग ईजिप्टको लिब्या मरभुमिको उत्तरी पश्चिम क्षेत्रमा स्थित छ। समुद्र सतहभन्दा १३३ मिटर तल रहेको यो भूभाग अफ्रिकाको दोस्रो सबैभन्दा गहिरो हो। यो क्षेत्र निकै उजाड क्षेत्र हो। मानवको बसोबास यो ठाँउमा हुन सक्दैन।

५. कारागिये डिप्रेषन

karagiyeकाजकिस्तानको पश्चिमी दक्षिण भागमा कारागिये भूभाग रहेको छ। समुद्र र तुर्केमेनिस्तानको नजिक रहेको यो भूभाग समुद्र सतहभन्दा १३२ मिटर तल स्थित छ।

६. डेनाकिल डिप्रेषन

denakilईथोपियामा अफार डिप्रेषनकै भित्र अझ गहिरो भाग हो डेनाकिल डिप्रेषन। अफार डिप्रेषन भारतीय, अफ्रिकी र अरबियन टेक्टोनिक प्लेटहरुको बिचमा रहेको छ। यी प्लेटहरु सर्ने क्रममा बनेको हो डेनाकिल डिप्रेषन। यो भूभाग समुद्र सतहभन्दा १२५ मिटर तल रहेको छ।

७. सान जुलियन्स ग्रेट डिप्रेषन

san julianअर्जेन्टिनाको दक्षिणी पुर्व भागमा रहेको छ यो भूभाग। यस भूभागमा पनि सबैभन्दा गहिरो जमिन लगुना डेल कार्बोनको रहेको छ जन समुद्र सतहको १०५ मिटर तल छ। यस भागमा नुनको ढिकाहरु प्रशस्त मात्रामा पाउन सकिन्छ।

८. डेथ भ्यालि

death valleyअमरिकाको सबैभन्दा गहिरो भूभागको डेथ भ्यालि। उत्तर देखि दक्षिणमा फैलिएको यस भूमिको पुर्वमा अमरगोसा र पश्चिममा पानामिन्टको सीमा रहेको छ। यो भ्यालि अमेरिकाको सबैभन्दा गर्मी ठाँउहरु मध्येको एक हो। अहिलेसम्म त्यहाँ सबैभन्दा बढि सन् १९१३मा ५६.७ डिग्रीसम्मको तापमान रेकर्ड गरिएको छ। यो भूभागमा कम वर्षा हुन्छ र सुख्खा रहन्छ। तर भारी वर्षा भएको बेला जमिन को धेरै भाग पानीमा डुबेको हुन्छ।

९. अक्झाकया डिप्रेषन

Akdzhakayaयो भूमि तुर्केमेनिस्तानको उत्तरी मध्यम क्षेत्रमा स्थित छ। काराकुम मरभूमिको एकदमै सुख्खा ठाउँमा रहेको यो भूमि समुद्र सतह भन्दा ८१ मिटर तल रहेको छ।

१०. साल्टोन ट्रोह

saltonअमरिकाको दोस्रो गहिरो भूमि हो साल्टोन ट्रोह। यो भूमि अमरिका र मेक्सिकोको बिच स्थित छ। यस मूमिको सबैभन्दा गहिरो भाग साल्टोन तालको किनारामा रहेको छ जुन समुद्र सतह भन्दा ६९ मिटर तल रहेको छ।

यो पनि हेर्नुहोस-

विश्वको १० सबैभन्दा सुन्दर पुस्तकालय

विश्वका १० सुन्दर दृश्य भएका विमानस्थलहरू (तस्विर सहित)

विश्वका अनौठा र अचम्मलाग्दा १० रेस्टुरेण्टहरू