१४ पुस, नाइजेरिया ।

उत्तरी नाइजेरियामा आइतबार सुरु भएको बम विस्फोट र कारबम आक्रमणहरुमा परी ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय बासिन्दा र प्रहरी स्रोतले जानकारी दिएको छ ।

यी आक्रमणहरुमा परी एकसय भन्दा बढी व्यक्ति घाइते भएका पनि सो स्रोतले जानकारी दिएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बार्नोको प्रान्तीय राजधानी मैदुगुरीको बाहिरी इलाकामा रहेको एक मस्जिदमा भएको बम विस्फोटमा परी दर्जनौ सर्वसाधारण मारिएका नाइजेरिया प्रहरीले सोमबार बताएको थियो ।

यो घटनामा कति व्यक्तिले ज्यान गुमाए भन्ने बारेमा भने पुष्टि भइनसकेको सो राज्यका प्रहरी प्रवक्ता भिक्टोर इसुकु समाचारदाताहरुलाई बताएका छन् ।

सोमबार दिइएको प्रारम्भिक समाचारमा सो घटनामा कम्ती ३० मारिएको बताइएको थियो । विस्फोटन भीषण भएका कारण मस्जिद नजिकैका भवन र बासिन्दाहरुलाई समेत हानी पुगेको बताइएको छ । एजेन्सी