woman-lieमानिसहरू आफ्ना गल्ति लुकाउनका लागि विभिन्न खाले झुठ बोल्ने गर्छन् । सकेसम्म झुठ बोलेर आफ्ना गल्ति लुकाउने गर्दा त्यस झुठले अर्को झुठ समेत बोल्न बाध्य तुल्याउँछ । झुठ विषेशगरी गल्ति लुकाउन बोलिने भएपछी कहिलेकाँही भने राम्रो कामका लागि पनि झुठ बोल्नु पर्ने हुन्छ । राम्रो कामका लागि बोलिने झूठले मानिसलाई तल खसाल्ने नभइ राम्रो दृष्टिकोणले हेर्नका लागि समेत मद्धत गर्छ । 

तर, यही झुठ मात्र गल्ति लुकाउनका लागि बोलिँदा त्यसले नकारात्मक असर गर्ने गर्छ । विषेशगरी हामीले दिनहुँ जसो पनि आफ्ना स-साना गल्ति लुकाउन पनि झुठको साहारा लिइरहेका हुन्छौ भने कतिपय अवस्थामा झुठ बोलेरै अरूभन्दा आफूलाई ठुलो देखाउने पनि गर्छौ । 

झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् । यसक्रममा यहाँ महिलाहरुले पुरूषलाई ठेस नपुर्याउन र पुरूषलाई आफूप्रति आकर्षित गर्न महिलाले बोल्ने झुठहरू के के छन् । ती झूठहरू थाहा पाऔः

– मैले तिम्रो फोनको प्रतिक्षा गरिरहेको थिइन् । 

– तिमी मलाई साह्रै राम्रो लाग्छ तर मलाई यो थाहा छैन् की म तिमीसँग साच्चै प्रेममा कहिले पर्छु । 

– यदी अहिलेको अवस्थामा म कसैसँग सुत्न चाहन्छु भने त्यो तिमी मात्र हुनेछौ । 

– मलाई लाग्छ यो बिलको पैसा हामी दुवैले तिर्नुपर्छ । तिमीले नै सधै तिर्नुपर्छ भन्ने छैन् । 

– मैले अहिलेसम्म यस्तो विचार नै गरेको थिइन की मलाई यो चीज यति धेरै मन पर्छ। 

– सेक्स एउटा रमाईलो मात्र हो । 

– यदी कुनै केटा राम्रो छैन्, तर पनि धनि छ भने ऊसँगको जीवन सुखसँग चल्छ । 

– तिमी नै यस्तो व्यक्ति हौ जसलाई मैले चाहेको थिए । 

– यदी तिमी उसँग बाहिर गइनौ भने उसले अर्को कोही भेट्ने छ । 

– होइन तिमीबाट केही गल्ति भएको छैन्, सायद मैले नै केही गल्ति गरे होला । 

– म तिम्रो परिवारसँग खुसी छु । ती सबै मैरै परिवार त हुन् । 

– हो, म पनि तिमीसँग साथी बन्न चाहन्थे, म नराम्रो मान्दिन, मैले पनि यही सोचिरहेको थिए ।