Marina_Bay_Sands_in_the_evening_-

सिंगापुरको मरीना बे स्यान्ड्स होटलको इन्फिनिटी पुल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको स्वीमिङ पुल हो। यो पौडी पोखरी होटलको ५७ औँ तलामा छ। सिंगापुरको तस्बिर खिच्न छानिने ठाउँ मध्ये यो ठाउँ मानिसहरुको पहिलो रोजाइ बन्ने गरेको छ।

swimming pool singapur marina bay (1)

२५६१ कोठा भएको यो होटलको यो पौडी पोखरी कतै आकाशमै भएझै भान गराउने गर्छ, त्यसैले त पर्यटकको चाहना एक पटक सिंगापुर पुगेपछि यो होटलको पौडी पोखरीमा पौडी खेल्न जाने हुन्छ।marina bay hotel (1)

पौडी पोखरी सहित यहाँ एक स्काई पार्क छ, ३४० मिटर लामो यो स्काई पार्कमा करिब ३,९०० मानिस अट्ने क्षमता छ। यो पार्क होटलको छतमा बनाइएको हो। यो होटल तीनवाट अग्ला भवनले बनेको छ। तीनवटै भवनको छतमा यो पार्क बनाइएको हो।

swimming pool singapur marina bay (7)

सपिङ मल, म्युजियम, दुई ठुला फिल्म हल, सात ठुला रेस्टुरेन्ट, ५०० टेबल र १,६०० स्ल्ट मेसिन सहित विश्वको सबैभन्दा ठुलो अट्रियम क्यासिनो जो संग ८ बिलियन डलर सम्पति रहेको बताइन्छ, सहित छतमा ठुलो पार्क रहेको यो होटल सन् २०१० बाट सञ्चालनमा आएको थियो।

थप तस्बिर र अन्त्यमा भिडियो हेर्नुस्।

swimming pool singapur marina bay (6) swimming pool singapur marina bay (5) swimming pool singapur marina bay (4) swimming pool singapur marina bay (3) swimming pool singapur marina bay (8) swimming pool singapur marina bay (2)