पोर्नस्टार हुँदै बलिउडमा करिअर बनाएकी कनाड मूलकी नायिका सन्नी लियोनीको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा बहसको मुद्धा बनेको छ।

sunny interview

सीएनएन-आईबीइएनका भुपेन्द्र चौबेले सन्नीसंग लिएको अन्तर्वार्तामा उनले सोधेको प्रश्न माथी प्रश्न गरिएको हो। चौबेको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। ऋषि कपुर, आलिया भट्ट लगायतका कलाकारले अन्तर्वाता लिने प्रति आपत्ति जनाउँदै ट्वीट गरेका छन्।

सन्नी लियोनीको एडल्ड कमेडी मस्तीजादे रिलिज हुने तरखरको बिच भएको अन्तर्वार्तामा निकै आपत्तिजनक प्रश्नको बावजुद सन्नीले शालीनता कायम राख्दै सबै प्रश्नको जवाफ दिएकी थिइन।

अतीतको बारेमा कुन कुरा प्रति बढी अफसोच छ भनि चौबेले दोहोर्याइ दोहोर्याइ सोधेको प्रश्नमा सनीले आमाको अन्तिम समयमा भेट्न पाइन भन्ने जवाफ दिइन।
जवाफबाट असन्तुष्ट चौबेले पोर्न स्टार भइसकेकी सन्नीलाइ यो प्रश्नमा निकै जोड गरे, दोहोर्याईँ सोधे तर सन्नीले निकै संयम राख्दै जवाफ दिँदै गइन।

चौबेले अन्तर्वार्तालै कै कारण आफु नैतिक रुपमा भ्रष्ट हुन्छु कि भनी बताउन समेत भ्याए। जवाफमा सन्नीले सभ्यता कायम राख्दै चौबे चाहन्छन् भने आफु उठेर जाने जवाफ दिइन।

हेर्नुस् भिडियोमा

यो पनि पढ्नुस्।
रणवीर क्याट्रिनाको ब्रेकअपले निर्माता निर्देशकलाई सास्ती
मस्तीजादेमा सन्नीको मस्ती, सार्वजनिक भए तस्बिर
सन्नी लियोनले सार्वजनिक गरिन् सेन्सर नगरिएको भिडियो (भिडियो सहित)
प्रियंका बोलिन, ‘यो संग त फोटो नखिच मेरो’, सन्नी चकित