९ माघ, काठमाडौँ ।

आजदेखि  श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ ।

आजैदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धाभक्तिपुवृका स्वस्थानीको पुरा आराधन गरि कथा सुन्ने  सुनाउने गरिन्छ ।

Swasthani-suru-680x365पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत एक महिना चल्नेछ ।  आजैदेखि काठमाडौंको शाली नदीमा विशेष मेलासमेत लाग्छ ।

एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्वका रुपमा हिन्दु नेपालीहले मनाउने गर्छन ।

यस अविधमा स्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको व्रत गर्ने काम गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।

सुख, सन्तोप, उन्नती तथा परमार्थमा शिवलोक पाउने कामनाका साथ ब्रत बस्ने प्रचल छ ।

यो पनि पढ्नुस्।

भगवान शिवको घाँटी कसरी नीलो भयो?

भगवान शिवका पिता को हुन?

सोमबार शिवको ब्रत किन बसिन्छ?