कुशल श्रेष्ठ

“यस्तो (मिठो) खानाले तपाईँको निन्द्राको गुणस्तरलाई बढाउँदछ”, विज्ञानले भन्छ।

राति पल्टिएर बिहान उठ्नुलाई मात्रै ‘सुत्ने’ भनिँदैन, निन्द्राको गुणस्तरले पनि तपाईँको स्वास्थ्यमा उत्तिकै भूमीका खेलिरहेको हुन्छ। जति सुतेपनि बिहान उठ्दा आलस्य बनाउँछ भने त्यो सुताईको कुनै मतलब हुँदैन र हालै भएको एक नयाँ खोजको अनुसार, तपाईँको खानेबानीले निन्द्रामा कि त मद्दत गरिरहेको हुन्छ, कि चाहिँ असर!

कोलम्बिया युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले २६ जना मानिसलाई प्रयोगशालामा राखेर फाइबर, सुगर अनि बोसोयुक्त खानाले उनीहरूको निन्द्राको गुणस्तरमा कस्तो प्रभाव पार्दछ भनेर खोज गरेका थिए। खोजको नतिजाले दिनभरी कम फाइबर अनि धेरै सुगर र बोसोयुक्त खानाले मानिसको निन्द्रामा नकारात्मक असर गर्ने देखाएको छ।shutterstock_80758018

हामीले दिनभरी खाने चिनी र बोसोयुक्त खानाबाट जति धेरै ऊर्जा पाउँछौँ, हाम्रो निन्द्राको गुणस्तर पनि त्यति नै खस्किँदै जान्छ र मध्यरातमा बिउँझिने सम्भावना पनि बढ्दै जान्छ। हामीले खाएको खानाबाट पाइने पौष्टिक तत्वहरूले मस्तिष्को ‘न्यूरोट्रान्समिटर’लाई प्रत्यक्ष प्रभाव पार्दछ, जसले हाम्रो निन्द्रालाई व्यवस्थित गर्न मद्दत गर्दछ। “चिनी र बोसोले दिमागको ‘सेरोटोनिन’को उत्पादनमा बाधा पुर्याउँदछ र हाम्रो मिठो निन्द्राको लागि सेरोटिनिनको खाँचो पर्दछ।”, प्रमुख अनुसन्धानकर्ता ‘म्यारी-पियरे सेन्ट-ओन्ज’ले भने।

तथापी, धेरै ‘फाइबर’युक्त खानाले रातभरी मिठो र गुणस्तरयुक्त निन्द्रा मिल्ने खोजको नतिजाबाट पत्ता लागेको छ। फाइबरले यस्तो कसरी गर्छ भनेर अनुसन्धानकर्ताहरूले ठ्याक्कै ठम्याउन सकेका छैनन्, तर उनीहरू भन्छन् कि यसको सम्बन्ध ‘ग्लाइसेमिक इन्डेक्स’सँग रहेको छ। (शरीरले कार्बोहाइड्रेटलाई सुगरमा परिणत गर्ने दर नै ‘ग्लाइसेमिक इन्डेक्स’ हो।)

कस्तो खानामा बढी फाइबर हुन्छ?

विशेष गरी घरेलु उत्पादनका खानेकुराहरूमा प्रशस्त फाइबर पाइन्छ। साथै, हरीयो सागपात, गेडागुडी अनि फलफूलमा पनि गुणस्तरीय फाइबरको मात्रा हुन्छ। यसलगायत निम्न खानामा फाइबर पाइन्छन्ः

फलफूलः

कालो अङ्गुर – प्रति २०० ग्राममा ७.७ ग्राम
नासपती – ५.१ ग्राम
आँप – ३.३ ग्राम
स्याउ – ३.३ ग्राम
सुन्तला – २.१ ग्राम
स्ट्रबेरी – प्रति २०० ग्राममा ३.३ ग्राम
केरा – ३ ग्राम
आरु – ६ ग्राम
अवकाडो – १८ ग्राम

गेडागुडीः

बदाम – प्रति २४ दानामा ३.५ ग्राम
पिस्ता – प्रति ४७ दानामा ३ ग्राम
ओखर – प्रति १५ दानामा ४ ग्राम

अन्यः

गाढा हरीयो सागपात – प्रति पातमा ६.४ ग्राम
आलु – ४ ग्राम
जौ – १२ ग्राम
चामल – १२ ग्राम
मकै – २२ ग्राम
मासु – प्रति ३०० ग्राममा १ ग्राम
कोदो – प्रति १०० ग्राममा २ ग्राम
केराउ – प्रति १०० ग्राममा ११ देखि १६ ग्राम
तोरी – प्रति १०० ग्राममा ५ ग्राम
फर्सीको गेडा – प्रति ५० ग्राममा ३ ग्राम
काउली – प्रति १०० ग्राममा ५ ग्राम
बन्दा – प्रति १०० ग्राममा ४ ग्राम
ब्रोकाउली – प्रति १०० ग्राममा ५ ग्राम

*के तपाईँलाई अनिन्द्राको समस्या छ? ६० सेकेण्डमै सजिलै निदाउन चाहनुहुन्छ भने यो पढ्नुहोस्*
*के तपाईँको मुहारमा नराम्रा दागहरू छन्? के तपाईँको आँखिभौँ र कपाल टुक्रेर झरेको छ? किन यस्तो भयो थाहा पाउन यहाँ क्लिक गरेर पढ्नुहोस्*
*के तपाईँको आँखा फर्फराउने समस्या छ? किन हुन्छ यस्तो पढ्न यहाँ क्लिक गर्नुहोस्*
*स्याउ भनेको स्वस्थवर्दक फलफूल हो, तर धेरै स्याउ खाँदा के हुन्छ, जान्न यहाँ क्लिक गर्नुहोस्*