जब आधुनिक प्रविधि र कल्पनाशक्तिको मिश्रण हुन्छ, तब त्यहाँ छुट्टै धारणा र दृश्टिकोणको उत्पत्ती हुन्छ। या भनौँ छुट्टै ग्रन्थको उत्पत्ती हुन्छ।

हिन्दु ग्रन्थका पात्र अनि घटेका घटनालाइ सिमित प्रविधिमा कल्पना गरेर बनाइएका थुप्रै तस्विर र टिभी सिरियलहरू हामीले पहिल्यै देखि हेर्दै आइरहेका छौँ। ती तस्विरहरूमा पनि भगवानहरूको महानता र अपरम्पार शक्ति झल्किएको प्रष्टै देख्न सकिन्छ।Arjun and Pandavs

‘कमिक बुक आर्टिस्ट मुकेश सिंह’ले हालै बनाएका महाभारतको युद्धका तस्विरहरू हेर्नुभयो भने झनै दङ्गै पर्नुहुन्छ। हामीले पढ्दै, हेर्दै आएका तीनै महाभारतका दृश्यलाई यसरी परिस्कृत ढंगले प्रस्तुत गरिएको छ।

भिष्मपितामहको आशिर्वाद

महाभारतको युद्धअगाडि पाण्डवहरूले आफ्ना हजुरबुवा भिष्मपितामहसँग आशिर्वाद लिँदाको क्षणPandav and Kaurav taking blessings from Bhishma

युद्धको सङ्केत

श्रीकृष्ण र दुर्योधनले शङ्ख बजाएर युद्धको सङ्केत दिँदाको क्षणWar Signal by Krishna and Duryodhan

युद्धको सुरुवात

कौरव र पाण्डवहरूका वाणको वर्षातलाई लेजर र बिमको प्रयोगबाट रोचक प्रस्तुती गरिएको छ।Arrow rain from Kaurav and Pandavs

भिष्मले युद्धको मूल्याङ्कन गर्दै

भिष्मले युद्धलाई नियाल्दै गरेको यो तस्विरलाई बयान गर्ने कुनै शब्द नै छैन।Bhishma overlooking the battle

दुर्योधनः उग्रयोद्धा

कौरवहरूका हात्तीको रथको बदलामा डरलाग्दा डाइनोसरको प्रयोग गर्ने कल्पनाशक्तिलाई सलामी ठोक्दा भूल नहोला।Duryodhan and his warriors

युद्धको लागि तत्पर

कौरवको आक्रमणलाई प्रतिकार गर्न तत्पर पाण्डवहरू! यहाँ भिमलाई देख्नुभयो?Pandavs looking the battle scene

कौरवहरू

आकाश छुने रथबाट दुर्योधन र उनका भाइहरूले युद्धमैदानलाई हेर्दै गर्दाको क्षणDuryodhan and his army

श्रीकृष्ण

भगवान श्रीकृष्णले आफ्नो वास्तविक रूप, विष्णुको धारण गर्दाको क्षणKrishna takes his real form Vishnu

महाभारत

वायु सेनाहरूलाई एक्लै सिद्ध्याउनको लागि नकुलले आफ्नो भीषण शक्तिको प्रदर्शन गर्दाको क्षणNakul showing his godly power to destroy sky-warriors

महाशक्ति

श्रीकृष्णको दिमागमा उत्पन्न भएका कैयौँ जुक्तिहरूलाई कलाकारले रोचक ढङ्गले प्रस्तुत गरेको छ।strategy booning around Krishna's mind

अर्जुनले युद्धदेवीलाई बोलाए

भीषण युद्धमा आफ्नो पक्ष लिनको लागि अर्जुनले ‘युद्धकी देवी’लाई बोलाउँदाको क्षणArjun calling upon goddess of war

अभिमन्युको बध

कौरवको हातबाट अभिमन्युको बध भएको अवस्थालाई कला र रङ्गको प्रयोगबाट रोचक ढङ्गले प्रस्तुत गरिएको छ।Kaurav killing Abhimanyu

नाग आश्वासेनाको आग्रहलाई कर्णले अस्वीकार गर्दा

अर्जुनलाई एउटै तीरले दुईचोटि प्रहार गर्नको लागि नाग आश्वासेनाले कर्णलाई आदेश दिएका थिए, तर कर्णले यो धर्मविरुद्ध हुन्छ भनेर अस्वीकार गर्दाको क्षणKarna refuses Nag Ashwasena's request

श्रीकृष्णले अर्जुनलाई उपदेश दिँदै

जब अर्जुनको मनमा दुविधा छायो, तब श्रीकृष्णले उनलाई उपदेश दिएका थिए, जसलाई ‘गीता’ भनिन्छ।Krishna giving wisdom to Arjun-Gita

भिमले आफ्नो पालोको प्रतिक्षा गर्दै

अत्ति भएपछि, भिमले आफ्नो वास्तविक अवतार निकालेर दुश्मनको नाश गर्न तत्पर हुँदाको क्षणBhim waiting for his chance

युद्धमैदानमा भिष्म

कौरव र राज्यप्रतिको दायित्वबोध गरेर पाण्डवतर्फ लाग्दै भिष्मBhishma walks towards Pandav

द्रौपदीको बदला

आफूप्रति भएको अपमानको बदला लिन धैर्य भएर प्रतिक्षा गरेकी द्रौपदीRevenge of Draupadi

कर्ण र घटोत्कच

यस तस्विरमा कर्ण र घटोत्कचको महासङ्ग्रामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ।Karna vs Ghatotkach

यो पनि हेर्नुहोस्-
८ अमर पुरुषमध्येका एक, महाभारतका अश्वत्थामाको ९ रोचक कथा
पहिलो पटक हलिउड चलचित्रमा महाभारतको श्लोक
गौतम बुद्धको अति प्रभावशाली उपदेश
महाभारतका अर्जुनले झण्डै मारेका थिए युधिष्ठिरलाई
रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु