एजेन्सी ।

यदि तपाइँ फेसबुक, ट्वीटर तथा यू-ट्यूवमा सक्रिय रहनु हुन्छ भने एक पटक पढ्नुस् । किनभने तपाइँलाई यसले पैदा गर्ने समस्याबारे जानकारी नहुन सक्छ ।

हालै गरिएको एक अध्यनले सामाजिक सञ्जालका यी माध्यममा सक्रिय रहनेहरुलाई मानसिक समस्या हुन सक्ने देखाएको छ ।

Facebook and Messenger app

अध्यनका क्रममा फेसबुक, ट्वीटर तथा यू-ट्यूवमा अत्याधिक सक्रिय रहनेहरुलाई निद्रा सम्बन्धि समस्या हुन सक्ने र यसले अन्य समस्या समेत निम्त्याउन सक्ने पाइयो ।

“सामाजिक सञ्जालमा सक्रिय रहनेहरुलाई निद्राको समस्या प्रमुख हुन्छ” अध्यनमा सहभागी शोधकर्ता युनिभर्सिटीअफ पिट्टसवर्गका तथा रिपोर्टका लेखिका जेसिका सी लेबन्स भन्छिन् ।

Facebok You tube Ban

लेबन्सले १९ देखि ३२ वर्षका १७८८ मानिसमा यो शोध गरेकी थिइन् । दैनिक ६१ प्रतिशत समय सामाजिक सञ्जाल चलाउने ३५ प्रतिशतमा निद्राको समस्या रहेको पाहियो ।

सामाजिक सञ्जाल नचलाउनेको तुलनामा यस्ता सञ्जाल चलाउनेहरुमा निद्राको समस्या २ गुना बढी हुने समेत अध्यनको निष्कर्ष छ ।

फेसबुकका मालिकले सँधै एकै खाले कपडा किन लगाउँछन् ?

फेसबुकका मालिकको रमाइलो प्रेम कहानी (तस्विर सहित)