१८ माघ, काठमाडौं।

यु-१९ विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेशमा भएको खेलमा नेपालले भारतलाइ १७० रनको लक्ष्य दिएको छ।

nepal batting in u-19

बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा जारी खेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउदै १६९ रन जोडको छ।

बाक्लो हुस्सु लागेका कारण आधा घण्टा ढिलो सुरु भएको खेल ४८ ओभरमा छोट्याइएर खेलाइएको हो।

नेपालको लागि सन्दिप सुनार ले ७३ बल खेल्दै ३७ रन, आरिफ सेखले ४४ बलमा २६ रन, राजवीर सिंहले ६८ बल खेल्दै ३५ रन, प्रेम तामाङले ४० बल खेल्दै २९ रन जोडेका छन्। प्रेम तामाङले १ छक्का २ चौका, आरिफ सेख र सन्दिप सुनारले ४-४ चौका, राजवीर सिहं र कुशल भुर्तेलले १ चौका प्रहार गरे।

भारतको लागि अभेष खानले ३, मयाङ्क दगर,वासिङटन सुन्दरले २-२ विकेट लिए।

आत्म विश्वास राखे नेपालले भारतलाई हराउन सक्छ