२६ पुस, पर्सा ।

सदभावना पार्टीकाअध्यक्ष राजेन्द्र महतोले हिमाल ,पहाड र तराईमा शोषण र विभेदमा परेका जनताहरुको अवाजहरुलाई उठाउन पत्रकारहरुलाईआग्रह गरेका छन् । सदभावना पार्टी निकट प्रेस मंचनेपालको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महतोले मधेस र मधेसी जनताहरुको समस्या र हकअधिकार सुनिश्चित गराउन सम्पुर्ण पत्रकारहरु एक जुट भई कलम चलाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा महतोलाई १०१ किलोको फूलको मालाले स्वागत गरिएको थियो ।

देश बिकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण भएकोले स्वतन्त्र,निर्भिक र ईमान्दारीपुर्वक कलम चलाउन महतोले पत्रकारहरुलाई आग्रह गरेका थिए ।

rajendra-mahato-101-kg-mala

कार्यक्रममा सह-अध्यक्ष लक्ष्मणलाल कर्ण, बरिष्ठउपाध्यक्ष नवलकिसोर साह, महासचिव मनिष सुमन, सह महासचिव सुरेन्द्र कुर्मी, अजयगुप्ता,अर्जुन उपेत्री, केन्द्रिय सदस्य योगेन्द्र यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपकशाक्य, नेपालपत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संतोष पटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।