२८ पुस । काठमाडौं

पहिलो लेगमा अप्रत्यासित २–१ गोलको हार बेहोर्दै दोस्रो लेगमा राम्रो जित निकाल्नुपर्ने दबाबमा रहेको एथलेटिको बिलबाओवाविरुद्धको खेलमा मेसीले नायकीय गोल गर्दा बार्सिलोना कोपा डेल रे कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

messi

गएराती भएको खेलमा बार्सिलोना आफ्नै मैदानमा १–० ले जित्दामात्र पनि क्वाटरफाइनलमा पुग्ने थियो । तर, २–० ले अघि बढ्दा पनि टिम दबाबमा आइदियो । खेलको ३५ औं मिनेटमा स्वारेजले उत्कृष्ट गोल गर्दा बार्सा १–० ले अघि रह्यो ।  दोस्रो हाफको ४८ औं मिनेटमा आफैंलाई लडाउँदा प्राप्त भएको पेनाल्टीमा नेयमारले नै गोल गर्दा बार्सा २–० ले अघि रह्यो ।

समग्रमा ३–२ ले अघि रह्यो । अन्तिमसम्म यही नतिजा कायम हुँदा बार्सिलोनालाई दबाब हुने थिएन । तर, ५१ औं मिनेटमा बिलबाओको तर्फबाट साबोरिटले गोल गर्दा समग्रमा दुबैको ३–३ गोल भयो । दूवैले अवे दुई दुई गोल गरेका थिए । पूरा गोलमा बार्सिलोनाको एक गोल पेनाल्टीबाट भएको थियो । यस्तोले बार्सिलोनालाई क्वाटरफाइनलमा जान सहज पक्कै थिएन । ७८ औं मिनेटमा बार्साले डिएरियाभन्दा केही बाहिरबाट फ्रिकिक पायो ।

खेल सकिन १२ मिनेट बाँकी रहँदाको सो अवसरमा मेसी नायक बन्न पुगे । यसरी समग्रमा बार्सिलोना ४–३ गोलले अघि रहँदै क्वाटरफाइनल पुग्यो । तीन दिन अघि भएको पहिलो लेगमा पनि मेसीले यस्तै फ्रिकिकमा गोल गर्दा खेल २–१ हुन पुगेको थियो । मेसीले दुई दिन पनि भिल्लारियलविरुद्ध फ्रिकिममैं यस्तै दर्शनीय गोल अन्तिम मिनेटमा गर्दा लालिगामा हारबाट जोगाउँदा बार्सिलोनालाई एक अंक दिलाएका थिए ।

बिलबाओविरुद्ध पनि उस्तै नायकीय खेल र गोल गर्दै मेसीले टिमलाई क्वाटरफाइनल पुर्याएका हुन् । खेलमा एमएसएन अर्थात मेसी, सुवारेज र नेयमार नै गोल गर्न सफल मात्र भएनन् । सुवारेजले बार्सिलोनको लागि एक सय गोलसमेत गर्न पुगे । लालिगामा कम खेल खेलेर गोल गर्नेमा उनी मेसीभन्दा पनि अगाडि देखिए ।