बेलायत अमेरिकाको सबै भन्दा नजिकको मित्र शक्ति मानिन्छ । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र सामरिक सम्वन्धमा अमेरिका र बेलायतबीच भएको न्यानोपन अब भने उही स्तरमा कायम नरहने संभावना देखिएको छ।

खासगरि राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयपछि अमेरिकाको विदेश नीतिमा गुणात्मक फेरबदलको संभावना छ।

यसको प्रत्यक्ष असार धेरै देश र पक्षहरुमा पर्ने निश्चित छ तर पहिलो मुल्य भने सदाबहार मित्र बेलायतले चुकाउने संभावना बढेर गएको छ ।

राष्ट्रपतिको पद सम्म्हालेपछी डोनाल्ड ट्रम्पको पहिलो विदेश वार्ता बेलायती प्रधानमन्त्री थेरेसा  मेसंग होइन की चीरप्रतिदन्द्धी भ्लादिमिर पुटिनसंग करिब तय छ। यो आफैमा बेलायतलाई स्तब्ध पार्ने अमेरिकी निर्णय हो। तर यसका अनेकन आयाम हुनेछन्।

putin-trump-7528478

इतिहास एकपटक फेरी आफै दोहोर्याउन तयार छ जसरी सन १९८६ जब रुसी राष्ट्रपति मिखाइल गोर्वाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्डबीच वार्ता शीत युद्द समाप्त पार्ने कोशेढुंगा सावित भयो।

 

त्यसै गरि जब ट्रम्प र पुटिन रेकजाबिकमा हात मिलाउनेछन् बेलायत निकै पर छुट्ने संभावना छ ।पुटिन र ट्रम्पको मिलन बेलायतलाई निल्नु न ओकल्नु हुने पक्कापक्की छ। त्यही अमेरिकानै हो जसको  आडभरोसामा बेलायत रसियाको सबै भन्दा ठुलो आलोचक बनेको छ। खासगरि रसियाले सिरियाका राष्ट्रपति बशर अल असदलाई सघाएकोमा बेलयातले कडा  निन्दा गर्दे आएको छ ।

 

पुटिन र ट्रम्पको मित्रताले सार्थकता पाए बेलायती सुरक्षा समेत खतरामा पार्ने आशंका छ। खासगरि रसियामा सक्रिय रहेका बेलायती खुफिया संयन्त्रका अधिकारीहरुलाई असर पर्न सक्ने अवस्था आउने तर्फ बेलायत चिन्तित रहेका त्यहाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन्।

 

भर्खरै मात्र,  ट्रम्पको मस्कोको एक होटलमा भएको सेक्स सम्वन्धी भिडियो रसियासंग रहेको सुचना दिने व्यक्ति बेलायती गुप्तचर सस्था एमआइ-६ का पुर्व अधिकारी क्रिस्टोफर स्टेल भएको खूलेको थियो।

 

यसैघरि डोनाल्ड ट्रम्पको विदेश नीति आर्थिक महाशक्ती चीनलाई भारी पर्ने संभावना छ। जसरी ट्रम्प बोल्दै छन, जसरी उनका विचार अहिले सार्वजनिक भइरहेका छन् उनले त्यसैलाई व्यवहारमा लागु गरे विश्व राजनीतिमा ठुलै फेरबदल मात्रै होइन जारी समिकरण तोडिने र नयाँ अप्रत्याशित गठजोडहरु देखिने निश्चित छ।