४ माघ, काठमाडौं- भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी छन ।

सन् २०१२ मा भारतकै अर्को टेलिभिजन च्यानल जिटिभीको डान्स रियालिटी ‘डिआइडी सिजन ३’को शीर्ष उपाधि जितेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको हो।

teriya-magar

तेरिया मगर फाउन्डेसनले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै अनलाइन अथवा मोबाइलमार्फत तेरियालाई भोट गरी विजेता बनाउन आग्रह गरेको हो।

नेपालमा मोबाइलबाट भोटिङ गर्न सम्भव नहुने भएकाले कलर्स च्यानलको आधिकारिक वेबसाइटबाट भोट दिन फाउन्डेसनले आग्रह गरेको छ। जनवरी १४ बाट सुरु भएको भोटिङ आगामी बिहीबार राति ९ बजेसम्म खुला रहनेछ।

तेरियासँगै फाइनलमा पुगेका प्रतियोगीहरुले समेत उनको तारिफ गरेको देखिन्छ । ‘झलक दिखलाजा’मा भारतमा रहेका सेलिब्रेटीको मात्र सहभागिता छ। सोमा तेरियाको जोडीका रुपमा आर्यन छन्। फाउन्डेसनका अनुसार प्रतियोगिताको फाइनल आगामी शनिबार अर्थात् जनवरी २१ मा मुम्बईमा हुँदै छ।