चोट लाग्ने वा गलत औषधीको प्रयोगले मात्रै हाम्रो मस्तिष्कलाई नोक्सान पुर्याउँदैन । दिनभरको भागदौडका क्रममा हामी यस्ता गल्ति गरिरहेका हुन्छौ, जसले हाम्रो मस्तिष्कमा नराम्रो असर परिरहेको हुन्छ । के तपाई पनि गर्दै हुनुहुन्छ, यस्ता गल्तिहरु ?

brain-tumor

१. पर्याप्त निन्दा नपुग्नु – जबसम्म हामी कम्तिमा ७ घण्टाको निन्द्रा लिँदैनौ, तबसम्म हाम्रो दिमागलाई आराम मिल्दैन । समयसँगै दिमागको काम गर्ने क्षमता कम हुँदै जान्छ । त्यसैले मस्तिष्कलाई ताजा र हलुका राख्न पर्याप्त निन्द्राको आवश्यक हुन्छ ।

२. धेरै जसो एक्लै बस्नु – धेरै जसो एक्लै बस्ने बानीले दिमागमा नराम्रो असर पुग्छ । यस्तो असर पछि गएर अल्जाइमर रोगको खतरा पनि बन्न सक्छ ।

३. दबढी जंग फूड खानु – जंग फूडमा सोडियमको मात्र बढी हुन्छ, जसले मस्तिष्कको न्यूरोन रिसेप्टर्सलाई नराम्रो प्रभाब पार्छ । बढी जंग फूड खानाले दोधारपन, टाउको दुखाई र वान्ता जस्ता समस्या हुन सक्छ ।

४. उच्च ध्वनीमा संगीत सुन्नु – लगातार लामो समयसम्म कानमा हेडफोन अथवा एयरफोनमा उच्च ध्वनीमा गीत–संगीत सुन्ने गर्नाले मस्तिष्कको टिशूजमा नराम्रो असर पुग्न जान्छ । यसले अल्जाइमरको समस्या पनि हुन सक्छ ।

५. शारीरिक क्रियाकलाप नगर्ने – नियमित शारीरिक क्रियाकलाप नगर्ने बानीले मधुमेह, मुटुरोग र उच्च रक्तचापको समस्या बढेर जान्छ । त्यसरी नै मस्तिष्कलाई पनि नराम्रो असर पुर्याउँछ ।

६. धुम्रपान गर्ने – धुम्रपान गरिरहेका बेला हाम्रो शरीरमा धेरै असरदार केमिकलहरु प्रवेश गर्छन् । यसले रगतलाई गाढा बनाउँछ, जसका कारण मस्तिष्कमा रक्त सञ्चार कम हुनपुग्छ । यस्तो हुनु मस्तिष्कका लागि खतरा हो ।

७. धेरै खानु – धेरै खानेकुरा खानाले पनि मस्तिष्कमा नराम्रो असर पर्छ । बढी खानाले मस्तिष्कको सोच्ने क्षमता कम हुन्छ ।

८. अध्यारोमा बस्नु – प्राकृतिक प्रकाशमा नबस्नु अर्थात् अध्यारोमा धेरै समय बिताउँने गर्नुले डिप्रेशन बढेर जान्छ । यसले मस्तिष्कमा नराम्रो असर पुर्याउँछ ।

यो पनि पढ्नुस्
के तपाई यस्ता संकेतहरुलाई बेवास्ता गर्दैहुनुहुन्छ ? ब्रेन स्ट्रोक हुनसक्छ !
दिमागलाई नोक्सानी पुर्याउँछ यी ७ गल्तीले
दाहिने र देब्रे, दिमागको दुवै पाटोलाई कसरी सक्रिय गर्ने? १० टिप्स…