६ माघ, नयाँदिल्ली (एजेन्सी) । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा २५ जनाको मृत्युभएको छ । भने ३० जना भन्दा बढी घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन ।

दुर्घटना असदपुर गाउँको आसपास भएको बताइएको छ । एटा के जेएस पब्लिक स्कूलको बस दुर्घटना भएको हो । जसमा ६१ बच्चा सवार थिए उनीहरु ४ देखि ११ वर्ष उमेरका भएको बताइएको छ ।  मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् ।

school-bus-accident-india

तस्विर: एजेन्सी

एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको छ, २५ जनाको मृत्यु भएको छ, घाइतेहरुको उद्धार तथा उपचार भइरहेको छ, उत्तर प्रदेशका उच्च प्रहरी अधिकारी जभिड अहमेदले ट्विट गरेका छन । उनले मृतकको संख्या बढ्न सक्ने पनि बताएका छन ।

बस र ट्रक एक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा विहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा गत बर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन ।