एजेन्सी । हलिउड उद्योगमा सुरुवाती खुड्किला टेकिरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले फेरि ‘पिपुल च्वाइस अवार्ड’ जितेकी छिन् ।

priyanka_chopara

प्रियंकाको अमेरिकी टिभी शो ‘क्वाटिको’को एलेक्स पेरिशको भूमिकाका लागि अवार्ड जितेकी हुन् । उनले लगातार दुई पटक ‘फेभरेट ड्रामाटिक टिभी एक्ट्रेस’को अवार्ड जितेकी छिन् ।

यसकारण नभएको रहेछ  प्रियंकाको विवाह

अवार्ड पाएपछि प्रियंकाले भनिन्, ‘यो एकदम सुन्दर यात्रा रह्यो । मलाई रुचाउनु भयो, म सबैलाई धन्यवाद दिन चाहन्छ, ‘क्वाटिको’ परिवारलाई धन्यवाद पनि दिन चाहन्छु ।’

प्रियंकाको नेपाली फिल्ममा सुनिल थापा फाइनल

अमेरिकामै रहेकी प्रियंका चोपडा अहिले ‘क्वाटिको सिजन – २’मा व्यस्त छिन् । त्यसबाहेक, उनको हलिउड फिल्म ‘बेवाच’को सुटिङमा पनि व्यस्त छिन् ।

बलिउडका सबैभन्दा धनी १० हिरोइन, को सँग कति सम्पति छ ? (फोटो फिचर)